2026-07-24 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा सात वर्ष बितिसक्दासमेत पनि व्यासवासीको गाडी चड्ने सपना अधुरै

किरण धामी/भदौ १९, दार्चुला । व्यासवासीको गाडी चढ्ने सपना सपनामै सीमित हुन पुगेको छ । 

नेपालतर्फ बाटो नहुँदा भारतीय बाटो प्रयोग गर्दै आएका व्यासवासी दार्चुला– तिंकर सडक बन्ने आशमा आफ्नै भूमिभएर घर फर्कन पाइने भन्दै खुशी । तर सडक निर्माण शुरु भएको झण्डै सात वर्ष बितिसक्दासमेत उनीहरुको गाडी चड्ने सपना पूरा हुन सकेको छैन । 

कूल १४० किमी लम्बाइ रहेको दार्चुला– तिंकर सडकको अहिलेसम्म १८ किमी मात्रै सडक खुलाइएको छ । सो सडकखण्डअन्तर्गत राताकाठाको भिरमा सडक निर्माण हुन नसक्दा यहाँका बासिन्दाले सहजरुपमा गाडी चढ्न पाएका छैनन् । उक्त सडक निर्माण कार्य आव २०६६÷६७ देखि शुरु भएको हो । आव २०७५÷७६ सम्ममा १४० किमी सडक निर्माण सम्पन्न गरिसक्ने आयोजनाको लक्ष्य छ । तर निर्धारित समय सकिन दुई वर्ष बाँकी रहँदा १८ किमी मात्र बाटो खुलेको छ । 

दार्चुला–तिंकर सडक निर्माणका लागि विनियोजित बजेट खर्च हुन सकेको छैन । दार्चुला–तिंकर सडकका लागि विगतका चारवटा आवमा सरकारले रु ७० करोड ९४ लाख ८१ हजार विनियोजन गरेको छ । तर हालसम्म रु २२ करोड ९३ लाख ८० हजार मात्र खर्च भएको सो आयोजनाका प्रमुख मनीषकुमार शाहले जानकारी दिनुभयो । 

“चार वर्षमा यस आयोजनाका लागि विनियोजित रकममध्ये रु ४८ करोड एक लाख एक हजार फिर्ता भएको छ,” उहाँले भन्नुभयो । सडक बनेपछि तिंकर भन्सार नाका खुल्ने, चीनबाट सहजै आवश्यक वस्तु आयात गर्न सकिने, कैलाश मानसरोवरसम्म दुई दिनमै पुगिनेलगायत यहाँका स्थानीयवासीकोे सपना थियो । तर सडक निर्माणको जिम्मा पाएको कार्यालय र निर्माण व्यवसायीको लापरबाहीका कारण सो सडकले गति लिन सकेको छैन । 

सडक निर्माणमा ढिलाइ हुनुमा भारतीय नाकाबन्दी, निर्माण सामग्रीको अभाव, इन्धन अभाव र एक वर्षे ठेक्का प्रणालीजस्ता कारण रहेको आयोजनाका प्रमुख शाह बताउनुहुन्छ । आयोजनाले २०७१ माघमा नेपाली सेनामार्फत १० हजार १०० किलो विस्फोटक पदार्थका लागि रु २६ लाख १५ हजार बुझाइसकेको छ । तर अझैसम्म नेपाली सेनाले विस्फोटक पदार्थ उपलब्ध गराउन नसकेको आयोजना प्रमुख शाहको भनाइ छ । 

“विस्फोटक पदार्थ उपलब्ध गराउन ढिलाइ हुने नेपाली सेनाबाट जवाफ आएको छ,” उहाँले भन्नुभयो । सेनाले २०७१ चैत २६ गते तीन हजार १०० किलो तथा २०७२ फागुन २६ गते दुई हजार ६०० किलो विस्फोटक पदार्थ उपलब्ध गराएको शाहले बताउनुभयो । 

मन्त्री तथा सांसदले समेत पटक–पटक विस्फोटक पदार्थ उपलब्ध गराउन पहल गर्ने आश्वासन दिए पनि कार्यान्वयनमा आउन नसकेको व्यास गाउँपालिकाका बासिन्दा दानसिंह तिंकरीले बताउनुभयो । विस्फोटक पदार्थ आवश्यक नभएका ठाउँमा समेत निर्माण व्यवसायीको लापरबाहीका कारण काम हुन सकेको छैन । चालू आव २०७४÷७५ को डेढ महिना बितिसक्दा पनि निर्माण व्यवसायीले काम शुरु गरेका छैनन् । 

“एक सातापछि निर्माण व्यवसायीले काम सञ्चालन गर्छन,” आयोजना प्रमुख शाहले भन्नसभयो । यस वर्ष वीरेन्द्र वनदेखि राप्लाको कोठेधारसम्म सडक निर्माण हुनेछ । गत आवदेखि निर्माण शुरु गरेका दुईवटा निर्माण कम्पनीले समेत तिव्र गतिमा काम गरेका छैनन् । लास्कु खोला र निजाङ गाडमा निर्माण गर्नुपर्ने पुलको म्याद थप गरिएको छ । 

वर्षौंदेखि भारतीय बाटो हुँदै राप्ला, व्यास, सुनसेरा, हुतीलगायतका नागरिक अहिले भारतीय बाटोको भर पर्नु परेको छ । भारतीय बाटो प्रयोग गर्दा महाकाली नदी तर्न तुइन प्रयोग गर्नुपर्ने स्थानीयवासीको बाध्यता छ । यात्राका क्रममा तुइनबाट खसेर बर्सेनि स्थानीयवासीले अकालमै ज्यान गुमाउनु परेको छ । चालू आवको शुरुमै तुइनद्वारा नदी तर्न खोज्दा तीनजनाको ज्यान गएको छ । 

दार्चुला–तिंकर सडक निर्माणमा भइरहेको ढिलाइकै कारण अहिले पनि दुहुँवासीले कष्टकर यात्रा गर्नुपरिहेको व्यास गाउँपालिका बासिन्दा हरिदत्त भट्ट बताउनुहुन्छ । गत आवबाट शुरु भएको महाकाली करिडोर समेत अझै निर्माण शुरु भएको छैन । महाकाली करिडोरअन्तर्गत डडेल्धुराको जोगबुढादेखि दार्चुलाको राताकाठा भीरसम्म सडक निर्माणका लागि गत जेठ १८ गते सम्झौता भएको थियो । लामा– चन्द्र एण्ड वसन्त जेभीसँग ठेक्का सम्झौता भए पनि अझै काम सञ्चालन भएकोे छैन । 

झण्डै ६९ किमी सडक निर्माण गर्न कूल रु ५२ करोड ७४ लाख ९१ हजार बजेटको सम्झौता भएको छ । दार्चुला–तिंकर सडकलाई महाकाली करिडोरमा गाभेपछि निर्माण तिव्र रुपमा अगाडी बढाउनुपर्ने महाकाली नगरपालिकाका नगर प्रमुख हंशराज भट्ट बताउनुहुन्छ । 

महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म जोडिएको छ । यस आवमा महाकाली करिडोरका लागि रु २९ करोड ९८ लाख ९५ हजार बजेट विनियोजन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक