2026-09-14 06:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सवारीसाधनको हकमा सरकारले लागू गर्‍यो युरो प्रदूषण मापदण्ड

काठमाडौँ । सरकारले दुईपांग्रेमा युरो ५ र चारपांग्रेमा युरो ६ प्रदूषण मापदण्ड लागू गरेको छ। वन तथा वातावरण मन्त्रालयले साेमबार राजपत्रमा सूचना प्रकाशित गर्दै युरो ३ को व्यवस्थालाई संशोधन गरेको हो।

‘दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे लघु सवारीसाधनको हकमा युरो ५ र कम्तीमा चारपांग्रा भएका सवारीसाधनको हकमा युरो ६ मापदण्ड बमोजिमको प्रदूषण परीक्षण मान्य हुनेछ।’

सरकारले नीति तथा कार्यक्रममा आगामी वर्षबाट युरो ६ मापदण्ड लागू गर्ने बताएको थियो। मन्त्रिपरिषद्‍मा युरो ६ मापदण्डको प्रस्ताव पुगे पनि विभिन्न कारण देखाउँदै फिर्ता आएको थियो। विद्युतीय सवारीलाई प्रवर्द्धन गरिरहेको नेपालले युरो ३ कै गाडी आयात गर्न दिई प्रदूषण बढाउने सहयोग पुर्‍याएको थियो। युरो ३ को तुलनामा युरो ६ का गाडीले कम प्रदूषण गर्छन्।

राजपत्रअनुसार असार ९ गतेसम्म प्रतीतपत्र वा बैंकको माध्यमबाट भुक्तानी गरिसकेको भुक्तानीबमोजिम नेपालमा आयात गरिने सवारीसाधन तथा नेपालमा एसेम्बल हुने वा उत्पादन हुने सवारीसाधनमा प्रदूषण मापदण्ड २०६९ लागू हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले