2026-10-15 02:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

स्थानियद्वारा भालुको विभत्स हत्या, पोष्टमार्टम गरी सुरक्षित गाडियो


नन्दराम जैशी/भदौ २०, जुम्ला । जुम्ला पातारासि गाँउपालिका ३ छुमचौरमा विभत्स हत्या गरीएको भालुको पोष्ट मार्टम पछि सुरक्षित स्थानमा गाडिएको छ । 

यहि शनिबार विभत्स हत्यापछि मृत अवस्थामा फेला परेको भालुलाइ सोमबार पोष्ट मार्टम गरेपछि सुरक्षित स्थानमा गाडिएको हो । जिल्ला बन कार्यालय जुम्लाको कार्यालय मैदानमा जिल्ला स्थीत सरोकारवालाहरुको रोबहरमा मृत भालुलाइ सुरक्षित रुपमा गाडिएको बन अधिकृत मोहन श्रेष्ठले जानकारी दिनुभयो । 

शनिबार बिहान भालुले स्थानियको मकैबालि नष्ट गरी दुई जना स्थानियलाइ टोकेर घाइते बनाएपछि स्थानियले प्रतिकारमा उक्त भालुको विभत्स हत्या गरेको गोप्य जानकारी प्राप्त भएपछि प्रहरी र इलाका बन कार्यालय डिल्लीचौरको टोलि सो स्थलमा पुग्दा भालु मृत अवस्थामा फेला परेको थियो । 

स्थानियले भालुको खुट्टा काटेर, मुख र छाति चिरी हत्या गरेको पाइएपछि हत्यामा को को संलग्न थिए, भन्ने बिषयमा थप अनुसन्धान भैरहेको बन अधिकृत श्रेष्ठले बताउनुभयो । 

अनुसन्धानपछि भालुको हत्यामा संलग्न ब्यक्तिहरुलाइ कानुन अनुसार कारबाहि गरीने भएको छ । शनिबार घटना स्थलबाट स्थानियबासिको रोबहरमा प्रहरी र इलाका बन कार्यालयको टोलिले मुचुल्का उठाएर सदरमुकाम ल्याएको भालुको लास कठिन बाटोका कारण आइतबार राति मात्र बजार पुर्याइएको थियो । 

भालुको टोकाइबाट घाइते भएका बहादुर बोहोरा र बम बहादुर बुढा, दुबै जनाको स्थानिय छुमचौर स्वास्थ्य चौकिमा उपचार भैरहेको बताइएको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता