२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

११ असार २०८२, बुधबार १७:२५
इजरायलका रक्षामन्त्री इजरायल काट्जले बुधबार इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा गर्नुभएको छ । यो कदम इरान समर्थित उग्रवादी समूहहरूलाई आर्थिक सहयोग रोक्ने उद्देश्यले लिइएको र दुई शत्रुबीच युद्धविराम लागू भएको एक दिनपछि आएको बताइएको छ ।
“मन्त्री काट्जले इरानको केन्द्रीय बैंक, दुई अतिरिक्त इरानी बैंक र एक इरानी सशस्त्र बल सम्बद्ध कम्पनी… लाई आतङ्कवादी सङ्गठनका रूपमा घोषणा गर्ने विशेष आदेशमा हस्ताक्षर गर्नुभयो”, उहाँको कार्यालयको विज्ञप्तिमा भनिएको छ, “इरान विरुद्ध इजरायलको व्यापक अभियानको हिस्सा भएको यो कदमको उद्देश्य इरानी शासनको आतङ्कवादी वित्तपोषण प्रणालीको मुटुलाई लक्षित गर्नु हो, जसले मध्यपूर्वभर आतङ्कवादलाई वित्त पोषण, हतियार र निर्देशन दिन्छ ।”
लामो समयदेखिका शत्रुहरू इरान र इजरायलले मङ्गलबार १२ दिनको जवाफी आक्रमण समाप्त गर्दै युद्धविराममा सहमति जनाएका थिए ।
दुई पक्ष दशकौँदेखि छायाँ युद्धमा फसेका छन् । इजरायलले सन् २०२३ अक्टोबरदेखि गाजा पट्टीमा हमाससहित यस क्षेत्रका धेरै इरान समर्थित समूहसँग लडिरहेको छ ।
इजरायलले जुन १३ मा सुरु भएको आफ्नो बमबारी अभियानको उद्देश्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु रहेको बताएको थियो । आणविक हतियार प्राप्त गर्ने महत्त्वाकांक्षालाई तेहरानले लगातार अस्वीकार गर्दै आएको छ ।
“हामीले एउटा महत्त्वपूर्ण चरण सम्पन्न गरेका छौँ तर इरान विरुद्धको अभियान समाप्त भएको छैन । हामी हालको उपलब्धिहरूका आधारमा नयाँ चरणमा प्रवेश गरिरहेका छौँ”, इजरायली सेनाका प्रमुख इयाल जमीरले मङ्गलबार एक विज्ञप्तिमा भन्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य