Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा

२०८२, ११ असार बुधबार १७:५५
काठमाडौं ।  बिबिसी मास्टर सेफ सन्तोष साह आगामी जुलाईमा अमेरिका जाँदै हुनुहुन्छ, त्यसपछि उहाँको जर्मनी जाने तालिका छ । केही वर्षयता विश्वभर नेपाली खाना प्रवर्द्धन गर्दै आउनुभएका उहाँको त्यसपछि पनि विभिन्न देश पुग्ने तालिका बनिसकेको छ । जुलाईमा हुने अमेरिका भ्रमण उहाँको तेस्रो भ्रमण हुनेछ भने जर्मनीमा चौथो ।
सन् २०२१ मा बिबिसी मास्टर सेफ भएपछि लण्डनबाट सुरू भएको उहाँको यो यात्रा अहिले विभिन्न देशमा फैलिँदो छ । नेपाली खानाको पहिचान विश्वभर फैलाउने उद्देश्यले सक्रिय उहाँलाई अहिले विभिन्न देशमा जान भ्याइनभ्याइ छ ।
बिबिसी मास्टर सेफ जितिसकेपछि संसारभर उहाँको वाहवाही चुलियो । उहाँले उक्त प्रतियोगितामा बनाएको कोदोको खिरको चर्चा अझ बढी भयो । धेरैले उहाँले बनाएको खानाको स्वाद लिन चाहन्थे । त्यसैलाई लक्षित गरी लण्डनमा चार महिनासम्मका लागि उनको विशेष कार्यक्रम आयोजना गरिएको थियो । यो उहाँको पहिलो ‘पप–अप’ थियो ।
“म बिबिसी मास्टर सेफ भएपछि धेरैले खोजी गर्न थाले, म त्यो समयमा इन्डियन रेष्टुरेन्टमा काम गर्दथे, रेष्टुरेन्टको मेन्युमा नेपाली परिकार थिएनन्, त्यसैले लण्डनमै कार्यक्रम आयोजना गरिएको थियो”, सेफ साहले भन्नुभयो । उहाँको माग यति थियो कि उक्त कार्यक्रमको टिकट बिक्री खुलाएको दुई घण्टामै ‘सोल्डआउट’ भयो ।
उक्त पप–अप विभिन्न मितिका लागि आयोजना गरिएको थियो । एउटा कार्यक्रममा औसतमा २० देखि २२ जनाका लागि मात्रै सहभागी गराइएको थियो । चार महिनासम्म सञ्चालन हुने कार्यक्रमका लागि राखिएका ६०० टिकट निमेषभरमै सकियो ।
लण्डनको कार्यक्रम सकेपछि सोही वर्ष स्कटल्याण्डबाट पप–अपका लागि निम्तो आयो । स्कटल्याण्डमा नेपाली समुदायले नेपाली रेष्टुरेन्टमा विशेष कार्यक्रम आयोजना गरेका थिए । सेफ साहले त्यहाँ पनि आफ्नो पाककलाको कौशल पस्किनुभयो ।
त्यसको केही समयपछि मास्टर सेफका चार जना विजेताका लागि लण्डनमै विशेष कार्यक्रम आयोजना गरियो । सबैका दुई–दुई कोर्स हुने गरी आठ कोर्सको मेन्यु बनाइएको थियो । लगातारका कार्यक्रमले उहाँको चर्चा अझ चुलियो । विभिन्न देशबाट पप–अप कार्यक्रमका लागि माग आउन थाल्यो । साहलाई लाग्यो, नेपाली खानालाई विश्वभर फैलाउने यो उपयुक्त माध्यम बन्न सक्छ ।
त्यसपछि साहले आफ्नो पाककलालाई एउटा होटल वा रेष्टुरेन्टमा मात्रै सीमित नराखी विश्व यात्रालाई निरन्तरता दिने योजना बनाउनुभएको थियो । तत्कालीन समयमा उहाँले नेपालमै मिथिला थालीका नाममा रेष्टुरेन्ट सुरू गरेर यतै व्यवसाय गर्ने सोच बनाए पनि नेपाली खानालाई विश्वभर प्रवर्द्धनको कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्छ भन्ने सोच बनाउनुभएको थियो ।
उहाँले सन् २०२२ मा जर्मनी र स्वीट्जरल्याण्डमा पप–अप कार्यक्रम आयोजना गर्नुभयो । अमेरिकामा पहिलो पटक जाँदा १४ ठाउँमा पप–अप आयोजना गरिएको थियो । जसमा सुरूआतमै सबै टिकट सोल्डआउट भएका थिए । यही सिलसिलामा साहले अष्ट्रेलियाका चार वटा र न्यूजिल्याण्डका पाँच सहरमा पप–अप कार्यक्रम सम्पन्न गर्नुभयो । अब भने उहाँको तालिकामा क्यानडा र जापनमा पप–अप कार्यक्रम बनिरहेको छ ।
नेपाली खाना पकाउँदै विश्व यात्रा सुरू गर्नुभएका साहले नेपालमा पनि निजी स्तरमा पप–अप आयोजना गरिरहनुहुन्छ । केही समय अघि नेपालका एक मात्र डलर अर्बपति बिनोद चौधरीको वैवाहिक वार्षिकोत्सव र अर्को चौधरीका पाहुनाका लागि मिथिला थालीमै विशेष पप–अप आयोजना गर्नुभएको थियो । “समयले भ्याएसम्म नेपालमै पनि पप–अप सो आयोजना गरिरहेको हुन्छु, विभिन्न संस्था तथा व्यक्तिका लागि केही कार्यक्रम आयोजना भइसकेका छन्”, सेफ साहले भन्नुभयो ।
उहाँले च्यारिटीका लागि पनि पप–अप गर्नुभएको छ । स्वीट्जरल्याण्डमा विदेशीहरूमाझ गरिएको च्यारिटी पप–अपबाट सङ्कलन भएको रकम नेपालमा ल्याएर बोल्न र सुन्न नसक्नेहरूका लागि खर्च गरिएको थियो । उक्त रकमले पोखरामा बोल्न र सुन्न नसक्ने अपाङ्गता भएकाहरूलाई हस्पिटालिटीसम्बन्धी तालिम दिइएको थियो । त्यसबाहेक उदयपुरको बेलटार अस्पतालको क्यान्टिन निर्माणका लागि पनि गेट कलेज र पाटाको सहकार्यमा अन्नपूर्ण होटलमा पप–अप आयोजना गरिएको थियो । जसमा २०० भन्दा बढी मानिसहरू थिए । त्यसबाट सङ्कलत भएको रकम अस्पतालको क्यान्टिन निर्माणमा खर्चिएको थियो ।
साहका अनुसार उहाँको विश्व यात्राका क्रममा ठाउँअनुसार मेन्यु पनि आवश्यकताअनुसार परिवर्तन भइरहन्छ । तर नेवारी परिवकार वः अर्थात बारा र साँधेको भोगटे भने कहिल्यै नछुट्ने परिकारमा पर्छन् । यात्राका क्रममा उहाँलाई आउने अधिकांश प्रतिक्रियामध्ये एउटा हो, नेपाली खाना पस्कने उनको शैली । “नेपाली खानालाई पनि यति धेरै ‘क्रियटिभ’ र मीठासले तरिकाले सर्भ गर्न सकिने रहेछ भनेर आश्चर्य मान्नुहुन्छ”, साहले भन्नुभयो, “मैले नेपालमा भएका विभिन्न खानालाई आधुनिक टचअप दिएको हुन्छु, नयाँ शैलीमा पुरानै स्वाद चाख्न पाउँदा उहाँहरू निकै हर्षित हुनुहुन्छ ।”
साहले बनाएको जुजु धौ (दही)को परिकारलाई धेरैले मन पराएका छन् । जुजु धौमा स्मोकी फ्लेवर, हिमालयन मह, गुराँसको फूल उमालेको पानी, जाम र जेरी क्रम्बल गरिएको बेक्ड जुजुधौ अधिकांशले मन पराउने परिकारमा पर्छ । साथै भाङको पातको पकौडा पनि धेरैले मन पराएका छन् । भाङको पातको पकौडामा डल्ले खुर्सानी, चाट मसला मिश्रण गरिएको हुन्छ । त्यसैगरी मासको  दाल, याक चिज मिसाइएको काँचो केराको फुलौरा पनि साहको उत्कृष्ट परिकारमा पर्छ ।
विश्व यात्राका दौरानमा अमेरिकामा आयोजना भएको ममः महोत्सवमा उहाँले बनाएको कोदोको खिर खानेहरूले मुक्तकण्ठले साहको प्रसंशा गरेको सम्झाना साहलाई अझै ताजा छ । उहाँले अधिकांश स्थानमा १० देखि १७ कोर्ससम्मको मेन्यु बनाउनुहुन्छ । नेवारी, मधेसीलगायतका खानालाई आधुनिक ‘फ्लेवर’ दिएर ‘सर्भ’ गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै