Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भोजपुरको खोक्सिकमा ‘कृषि बजार’ निर्माण गरिदै

२०८२, १२ असार बिहीबार १२:१८

काठमाडौँ । भोजपुरको रामप्रसादराई गाउँपालिका ८ खोक्सिकमा ‘कृषि बजार’ निर्माण हुने भएको छ । स्थानीयस्तरमा उत्पादन भएका कृषि उपजको बजारीकरण गर्ने लक्ष्यले यहाँ कृषि बजार निर्माण थालिएको हो ।

यहाँका लेक तथा बेँसी क्षेत्रमा उत्पादन भएका बस्तुलाई सङकलन गरेर बेचविखन गर्ने लक्ष्यले वडाले कृषि बजार निर्माण गरिरहेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिनुभयो । दीर्घकालिन लक्ष्यका साथ वडाको थौरे बजेटबाट भएपनि यो आर्थिक वर्षबाट संरचना निर्माण थालिएको उहाँको भनाइ छ । वडाले रु. तीन लाख बजेट विनियोजन गरेर बजार व्यवस्थापनको काम थालेको उहाँले बताउनुभयो ।“वडाको थोरै बजेटबाट भएपनि कृषि बजार निर्माणको अवधारणा अनुसार काम थालनी गरेका छौँ” वडाध्यक्ष राईले भन्नुभयो,“खास गरेर स्थानीयस्तरमा उत्पादन भएका बस्तुको बजारीकरणमा सहयोग पु¥याउने हाम्रो लक्ष्य छ । वर्षेनी यहाँ संरचना थप्ने योजना छ ।”

यो स्थानमा महिनामा दुई पटक बजार लाग्ने भएकाले किसानले ल्याएका कृषि उत्पादनलाई सहज रुपमा बेचविखन गर्ने वातावरण बनाउन कृषि बजार निर्माण भइरहेको उहाँको भनाइ छ । कृषि बजार निर्माण पश्चात यहाँको कृषि उपजको बजारीकरणमा टेवा पुग्ने उहाँले बताउनुभयो ।

वडाले स्थानीय किसानहरुले उत्पादन गरेका कृषि उपजको सहज बेचविखनसँगै बजारीकरणको लागि कृषि बजार निर्माणले उत्साह थपेको स्थानीयबासी दलबहादुर राईले बताउनुभयो । कृषि बजार निर्माण पश्चात यहाँ उत्पादन भएका कृषि उपजको विनिमयमा सहजता हुने उहाँको भनाइ छ । खोक्सिक क्षेत्रलाई कृषि उत्पादनको हिसाव निकै उर्वरभूमि मानिन्छ । यहाँ किसानले तरकारीलगायत नगदेबालीको व्यावसायीकखेती गर्दै आएका छन् । ––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै