भदौ २०, म्याग्दी। बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयका रुपमा परिचित तातोपानी कुण्डले स्थानीय सरस्वती माविमा रु १७ लाख बढी सहयोग गरेको छ । 

आव "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, म्याग्दी। बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयका रुपमा परिचित तातोपानी कुण्डले स्थानीय सरस्वती माविमा रु १७ लाख बढी सहयोग गरेको छ । 

आव "/>

2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको तातोपानी कुण्डबाट विद्यालयलाई रु १८ लाख सहयोग

भदौ २०, म्याग्दी। बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयका रुपमा परिचित तातोपानी कुण्डले स्थानीय सरस्वती माविमा रु १७ लाख बढी सहयोग गरेको छ । 

आव २०७३/०७४ मा तातोपानी कुण्ड व्यवस्थापन समितिले विद्यालयको निजी स्रोतबाट तलब उपलब्ध गराउने गरी नियुक्त भएका १० शिक्षकको तलब बराबरको रु १७ लाख ७४ हजार सहयोग गरेको समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो । 

प्रावि तहको स्वीकृत दरबन्दी रहेको सो विद्यालयमा कार्यरत कक्षा ६ देखि १० सम्मका शिक्षकको तलब रकम कुण्डले नै व्यहोर्दै आएको आएको विद्यालयका प्रअ सुरथ बानियाँले बताउनुभयो । गत आवमा कुण्डले विद्यालयमा भवन निर्माणमा समेत थप रु छ लाख उपलब्ध गराएको थियो । 

कुण्डमा स्नान गर्न आउनेबाट लिइने शुल्कबाट हुने आम्दानीलाई समितिले तातोपानी क्षेत्रको सामाजिक तथा भौतिक पूर्वाधार विकासमा परिचालन गर्दै आएको छ । गत आवमा कुण्डले रु आठ लाख तल्लो बजारमा नाली निर्माण योजनामा सहयोग गरेको थियो । 

रु २०० शुल्कमा ११ दिनसम्म नियमित रुपमा तातोपानीको कुण्डमा स्नान गर्न सकिने व्यवस्था मिलाएको समितिलाई विभिन्न ठाउँबाट आएका बिरामीले आफ्नो रोग निको भएको खुशीयालीमा थप चन्दासमेत दिने गरेका छन् । गत आवमा आएका १६ हजार बिरामीबाट लिइएको प्रवेश शुल्कबाट रु ३२ लाख र सहयोगदाताबाट थप रु १८ लाख ९७ हजार चन्दा प्राप्त भएको थियोे । 

त्यस्तै पर्यटन कार्यालय पोखराबाट प्राप्त रु नौ लाख ४१ हजार बजेटमा कुण्डले आन्तरिक स्रोतबाट बजेट थप गरी कुण्ड परिसरमा १५० जनाले एकै समयमा आराम गर्न सक्ने विश्रामस्थलसमेत निर्माण गरेको समितिका सहसचिव कुमार खत्रीले बताउनुभयो । 

कुण्डमा गत आवमा अघिल्लो वर्षको करिब रु २३ लाख तीन हजारसहित करिब रु ८८ लाख ९३ हजार आम्दानी भएकोमध्ये रु ६३ लाख ९३ हजार खर्च भएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । 

जमिनभित्रबाट वीरेनुनको गन्धमा ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानीमा स्नान गरेमा बाथ, चोटपटक लागेको, सुन्निने, ग्यास्ट्रिक, सर्के मर्केकोसम्बन्धी स्वास्थ्य समस्या निको हुने गरेको बताइएको छ । 

कुण्डले यसअघि स्थानीय स्वास्थ्य चौकी निर्माणका लागि रु १८ लाख ५० हजार बराबरको जग्गा खरिद गरी उपलब्ध गराएको तथा प्रहरी चौकीको भवन निर्माणार्थ जग्गा खरिदमा रु चार लाख २५ हजार सहयोग गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई