काठमाडौँ । नुवाकोटमा शुक्रबार खोलाले बगाएर बेपत्ता महिलाको सशस्त्र प्रहरीको कुकुरसहित ७ जनाको टोलीले खोजी गरिरहेको छ।
नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाको कारण पानीको बहाव बढ्न गई ३२ वर्षिया कमला बलामी बेपत्ता भएकी थिइन् ।
उनको खोजी कार्यको लागि सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमाण्डमा ७ जना सुरक्षाकर्मी सहित २ वटा सर्च एण्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको हो ।
सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा रहेका अशोक बलामी घाइते भएका थिए। उनलाई उद्धार गरी उपचारको लागि काठमाडौं ल्याइएको छ।