२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जिओनी धनगढी हाप म्याराथन २०१६

१ बैशाख २०७३, बुधबार ११:५१

बैशाख १, धनगढी ।  नयाँ वर्षको अवसर पारी धनगढी जेसिजद्वारा बुधबार धनगढीमा भएको ‘जिओनी धनगढी हाप म्याराथन २०१६’ को उपाधी विभागीय टीमले उपाधी हात पारेका छन् । धनगढी जेसिजले सन् २०१४ देखि शुरुवात गरेको यो प्रतियोगिता तेस्रो संस्करण हो ।

game2

 

हाप म्याराथन अन्तरगत सशस्त्र प्रहरीका गोपिचन्द्र पार्कीले ५१ हजार नगद सहित उपाधी हात पारे । बिहान साढे छ बजे धनगढी रंगशालाबाट ट्राफिक चौराह—गेटा र पुनः गेटा हुँदै ट्राफिक चौराह—रंगशाला पुगेर समापन भएको खुला तर्फको म्याराथनको दूरी २१ किलोमिटर एक सय मिटर रहेको थियो ।

game1

उक्त दूरीमा विजेता पार्कीले एक घण्टा ९ मिनेट ३५ सेकेण्डमा दूरी पार गरेका थिए । त्यस्तै, प्रतियोगितामा नेपाली सेनाका लालबहादुर धामीले एक सेकेन्ड अर्थात एक घण्टा ९ मिनेट ३६ सेकेण्डमा पार गरी दोस्रो भए भने नेपाली सेनाका खगेन्द्र भाटले एक घण्टा १० मिनेट एक सेकेण्डमा निर्धारित दूरी पार गरी तेस्रो भए ।

दोस्रो भएका धामीले २५ हजार र तेस्रो भएका भाटले १५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यो प्रतियोगितामा पाँच सय ५० सहभागी भएकोमा एक सय ९ जनाले निर्धारित दौड पूरा गरेका थिए । त्यसमध्ये तीन जना महिला र तीन जना ५० वर्षभन्दा माथिका रहेका थिए ।
त्यस्तै, ट्राईसाईकल प्रतियोगीता अन्तरगत धनगढी रंगशाला हुँदै ट्राफिक चौराहा र ट्राफिक चौराह हुँदै पुनः रंगशाला पुगेर समापन भएको पाँच  किलोमिटर दूरीमा पहिलो हरी कुमाल, दोस्रो सुरजलाल चौधरी र तेस्रो रामचन्द्र जोशी भएका थिए । कुमाल, चौधरी र जोशीले क्रमशः पाँच  हजार, तीन हजार र दुई हजार नगद सहित मेडल र प्रमाणपत्र हात पारे ।

यो प्रतियोगीतामा चार जना सहभागी भएका थिए ।  उता, कर्पोरेट मिडिया तथा अन्य दौड प्रतियोगिता अन्तरगत धनगढी रंगशाला—ट्राफिक चोक हुँदै पुनः ट्राफिक चौराहा—रंगशालाको पाँच किलोमिटरको दूरीमा पहिलो झलक दौल्याल, दोस्रो निर्मल लम्साल र तेस्रो गोविन्द बानिया भएका थिए । उनीहरुलाई मेडल तथा प्रमाणपत्र लगायत वितरण गरिएको थियो । यो प्रतियोगीतामा २ सय जना सहभागी भएका थिए ।
फोटो क्याप्सन : 
फोटो १ : खुला हाप म्याराथन अन्तरगत प्रथम भएका सशस्त्र प्रहरीका गोपिचन्द्र पार्की निर्धारित २१ किलोमिटर एक सय मिटर पार गर्दै ।
फोटो २ : खुला हाप म्याराथनमा पहिलो, दोस्रो र तेस्रो बिजेता ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य