2026-07-25 01:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

​वैदेशिक रोजगार विभागले यी पाँच म्यानपावर कम्पनी बन्द गरायो

भदौ २१, काठमाडौं । वैदेशिक रोजगार विभागले एक महिनाको समयमा पाँच ओटा म्यानपावर कम्पनि बन्द गराएको छ ।

म्यानपावर कम्पनीको सबै कारोबार बन्द गराएर छानविन थालिएको विभागका सूचना अधिकारी मोहन अधिकारीले जानकारी दिए । अधिकारीको नेतृत्वमा गएको सोमबार विभागले म्यानपावर कम्पनी अनुगमन गरेको थियो । वैदेशिक रोजगारीमा पठाउँदा कामदारसँग बढी रकम लिएको प्रमाण फेला परेपछि विभागले अनुगमन गरेको थियो । अनुगमनका क्रममा महाराजगन्जमा रहेको इन्टरनेशनल जव लिंक प्रालि र पानीपोखरीको युनिभर्सल इन्टरनेशनल म्यानपावर कम्पनी बुधबार बन्द गराएको छ ।

योसँगै एक महिनाभीत्रमा ५ वटा म्यानपावर कम्पनी बन्द भएका छन् । उनीहरुको कारोबार रोक्का गरिएको हो । विभागले फुकुवा नगरेसम्मका लागि यी म्यानपवार कम्पनीले कुनैपनि कारोबार गर्न नपाउने विभागले जनाएको छ । 

भदौ १८ गते सिद्ध ग्लोबल म्यानपावर, भदौ ५ गते निड इम्प्लोइमेन्ट सर्भिस र साउनको अन्तिम हप्ता गैरीधारामा रहेको वाइड स्पेश इन्टरनेशनल म्यानपावर कम्पनी बन्द भएका थिए । 

यसअघि सरकारले मलेसियामा ८० हजार, खाडीमुलुकमा ७० हजारसम्म अधिकतम रकम कामदारवाट उठाउन पाउनुपर्ने निमय लागु गरेको थियो । तर अधिकांश म्यानपावर कम्पनीले निःशुल्क टिकट र प्रवेशाज्ञा ल्याए पनि कामदारवाट अपारदर्शी ढंगले मन लागि पैसा असुल्ने गरेको गुनासो आएपछि सरकारले पछिल्लो नियम ल्याएको थियो । तर विभागले निर्णय भएको दुईवर्षपछि फ्रि भिसा फ्रि टिकट कार्यन्वयनको अनुगमनमा तिब्रता दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक