१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

​वैदेशिक रोजगार विभागले यी पाँच म्यानपावर कम्पनी बन्द गरायो

२१ भाद्र २०७४, बुधबार ०९:३४

भदौ २१, काठमाडौं । वैदेशिक रोजगार विभागले एक महिनाको समयमा पाँच ओटा म्यानपावर कम्पनि बन्द गराएको छ ।

म्यानपावर कम्पनीको सबै कारोबार बन्द गराएर छानविन थालिएको विभागका सूचना अधिकारी मोहन अधिकारीले जानकारी दिए । अधिकारीको नेतृत्वमा गएको सोमबार विभागले म्यानपावर कम्पनी अनुगमन गरेको थियो । वैदेशिक रोजगारीमा पठाउँदा कामदारसँग बढी रकम लिएको प्रमाण फेला परेपछि विभागले अनुगमन गरेको थियो । अनुगमनका क्रममा महाराजगन्जमा रहेको इन्टरनेशनल जव लिंक प्रालि र पानीपोखरीको युनिभर्सल इन्टरनेशनल म्यानपावर कम्पनी बुधबार बन्द गराएको छ ।

योसँगै एक महिनाभीत्रमा ५ वटा म्यानपावर कम्पनी बन्द भएका छन् । उनीहरुको कारोबार रोक्का गरिएको हो । विभागले फुकुवा नगरेसम्मका लागि यी म्यानपवार कम्पनीले कुनैपनि कारोबार गर्न नपाउने विभागले जनाएको छ । 

भदौ १८ गते सिद्ध ग्लोबल म्यानपावर, भदौ ५ गते निड इम्प्लोइमेन्ट सर्भिस र साउनको अन्तिम हप्ता गैरीधारामा रहेको वाइड स्पेश इन्टरनेशनल म्यानपावर कम्पनी बन्द भएका थिए । 

यसअघि सरकारले मलेसियामा ८० हजार, खाडीमुलुकमा ७० हजारसम्म अधिकतम रकम कामदारवाट उठाउन पाउनुपर्ने निमय लागु गरेको थियो । तर अधिकांश म्यानपावर कम्पनीले निःशुल्क टिकट र प्रवेशाज्ञा ल्याए पनि कामदारवाट अपारदर्शी ढंगले मन लागि पैसा असुल्ने गरेको गुनासो आएपछि सरकारले पछिल्लो नियम ल्याएको थियो । तर विभागले निर्णय भएको दुईवर्षपछि फ्रि भिसा फ्रि टिकट कार्यन्वयनको अनुगमनमा तिब्रता दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह