2026-09-19 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कञ्चनपुरमा माछापालनको रकम सामाजिक क्षेत्रमा

भदौ २१, कञ्चनपुर। बेलौरी नगरपालिका– ५ शोभातालका बासिन्दा माछापालनको रकम सामाजिक क्षेत्रमा खर्चदै आएका छन् । 

सडकमा ग्राभेल राख्न, विद्यालयको पूर्वाधार विकास गर्न, विवाह, ब्रतवन्ध, बिरामी पर्दा, स्थानीय युवाले सामाजिक क्षेत्रमा जनचेतना जगाउनका लागि गठन गरेको क्लब र असहायको भरणपोषणका लागि माछापालनबाट प्राप्त आम्दानी यहाँका बासिन्दाले खर्चदै आएका छन् । 

शोभाताल समितिमा आवद्ध ७९ जनाले सामूहिक रुपमा चार वर्षदेखि माछापालन गर्दैआएका छन् । माछापालनबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको छ । माछापालन गरेबापत नगरपालिकालाई रु एक लाख ५० हजार तथा बाँकी रकम कोषमा जम्मा गरिँदै आएको समितिका अध्यक्ष राधेश्याम चौधरीले बताउनुभयो । 

“कोषको रकम समितिमा आवद्ध नागरिकको आर्थिक अवस्थमा सुधार ल्याउन सयकडा एक प्रतिशत व्याजमा कुखुरा, बंगुर, बाख्रा, उन्नत नश्लका गाई भैंसी पाल्न, किराना पसल सञ्चालन गर्न तथा सीपमूलक व्यवसायमा लगानी गर्दै आएका छौं” उहाँले भन्नुभयो । 

समितिमा आवद्धलाई विवाह ब्रतबन्ध गर्न र बिरामी परेका बेला आर्थिक अभाव हुँदा कोषकै रकम उपलब्ध गराउने गरिएको छ । छोटो अवधिका लागि ब्याज नलिने चौधरीको भनाइ छ । व्यापार व्यवसायका लागि रु १० हजारदेखि रु एक लाखसम्म तथा सोही अनुपातमा विवाह, ब्रतवन्ध र बिरामीका लागि रकम उपलब्ध गराइन्छ । 

सामाजिक क्षेत्रको विकास र असहायका लागि हालसम्म रु चार लाख खर्च भएको छ । स्थानीय क्लबलाई प्रतिवर्ष रु सात हजारदेखि रु १० हजारका दरले रकम कोषबाट उपलव्ध गराइन्छ । छ हेक्टर क्षेत्रफलमा फैलिएको तालमा कमन, नैनी, भ्याकुर, रोहु, सिल्भरग्रास र विगेट जातका माछापालन हँुदै आएको छ । 

गत वर्ष तालमा ४५ हजार माछाका भूरा राखिएकामा यस बर्ष ९१ हजार विभिन्न जातका भूरा राखिएको छ । स्थानीय बजारमै माछाको खपत हुन्छ । छ हेक्टर क्षेत्रफलमा फैलिएको शोभाताल संरक्षणको अभावमा पुरिँदै गएको छ । तालको पश्चिमी क्षेत्रमा वर्षातको पानीसँगै बगेर आउने माटो र पातपतिङ्गरका कारण ताल पुरिन थालेको छ । 

“तालको तीन विघा क्षेत्र माटोले पुरिएको छ,” अध्यक्ष चौधरीले भन्नुभयो । ताल संरक्षणका लागि रकम अभाव भएको छ । ताल पुरिने खतरा बढ्दै गएको छ । चैतदेखि तालको पानी सुक्न थाल्छ । ताल वरिपरिको अठार कठ्ठाभन्दा बढी जग्गा अतिक्रमणको चपेटामा परेको समितिले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह