manglung bajet Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... manglung bajet
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याङलुङ नगरपालिकाको बजेट साढे पाँच करोड बढी

१ माघ २०७२, शुक्रबार १०:२३

manglung bajet


प्रकाश धौलाकोटी । माघ १, तेह्रथुम । नगर क्षेत्रको पर्यटन प्रवद्र्धन र पुर्वाधार विकासलाई प्राथमिकतामा राख्दै तेह्रथुमको म्याङलुङ नगरपालिकाले साढे पाँच करोड बढीको नगर विकास योजना विहीबार सार्वजनिक गरेको छ ।


नगरपालिकाको तेश्रो नगर परिषद तथा आगामी आर्थिक वर्षकोे बजेट, निति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा कार्यकारी अधिकृत सुरेन्द्र थापामगरले आ.व.२०७३/७४ का लागि ५ करोड ८३ लाख ५४ हजारको बजेट तथा कार्यक्रम सार्वजानिक गर्नुभएको हो ।
बजेटमा नगर क्षेत्रको पर्यटन प्रवद्र्धनकालागि बजारको फोहोरमैला र बसपार्क व्यवस्थापन, पोखरी सहितको पार्क निर्माण, छेलेडाँडा भ्यू प्वाइन्ट, राष्टिय विभुति फाल्गुनन्दको स्तम्भ निर्माण, सिमिनाक्सी मन्दिर व्यवस्थापन, मध्यपहाडी लोकमार्गमा लालीगुराँस वृक्षरोपण र जिरिखिम्ती सिमीनाक्सी मन्दिर हुदै संखुवासभाको चौकीबजार पर्यटकीय मार्ग निर्माणलाई विशेष प्राथमिकतामा राखिएको छ । यस्तै नगरपालिकाको भवन निर्माण, बालमैत्री नगरपालिका घोषणा, ज्येष्ठ नागरिक विश्राम स्थल निर्माण लगायतका योजनाहरु पनि प्राथमिकतामा राखिएको छ ।


कुल प्रस्तावित बजेटमध्ये ५९ लाख ५९ हजार चालु खर्च, ३ करोड ८० लाख ७ हजार पँुजीगत खर्च र १ करोड ४३ लाख ८८ हजार सामाजिक सुरक्षा तर्फ विनियोजन गरिएको छ । यस्तै भौतिक पुर्वाधारतर्फ ३५ लाख, प्रवद्र्धनात्मक क्षेत्र तर्फ २४ लाख र लक्षित वर्गमा महिलाकालागि १० लाख, बालबालिकाकालागि १५ लाख र आदिवासी, दलित, अपांगकालागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत मगरले चालु आर्थिक वर्षको ५ करोड ५२ लाख ९८ हजार ३ सय ९८ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम समेत प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सभासद भवानीप्रसाद खापुङले नगरवासीका असीमित इच्छा र आकांक्षालाई सम्बोधन गर्न नगरको सीमित श्रोत, साधनले नभ्याउने भएपनि समावेशी तवरले नगरको विकासमा लाग्न शुभकामना दिनुभयो । कार्यक्रममा पुर्व सांसद तेजमान तुम्बाहाम्फे, स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्की, स्थानीय शान्ति समितिका सयोजक देउनारायण सम्बाहाम्फे, देउराली सोसाइटीका अध्यक्ष दिनेश खनाल, उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र काफ्ले, संचारकर्मी नरेश ढुंगाना र अन्तरपाटी महिला संजालका अध्यक्ष बसन्ती गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली