२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको तल्लोस्वराडमा औलोको जोखिम, ६७ नयाँ बिरामी फेला

२२ भाद्र २०७४, बिहीबार ०४:०९

भदौ २२, बैतडी । बैतडीको तल्लोस्वराडमा औलोरोगको जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएकोे छ । 

स्वास्थ्य सेवा विभागको महामारी तथा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनअनुसार साविकका मेलौली, शिवनाथ र महारुद्र गाविस औलो जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका महामारी नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति सन्तोष पाण्डेयले जानकारी दिनुभयो । खुला सिमाना, तापक्रममा वृद्धि र लामखुट्टेका कारण सो क्षेत्र बढी जोखिममा परेको पाइएको हो । 

सो क्षेत्रका नागरिकमा गत वर्ष औलो देखिएपछि औलोको जोखिमका विषयमा अध्ययन गरिएको थियो । बैतडी जिल्ला औलो न्यून जोखिम भएको जिल्ला भएपनि मेलौली नगरपालिकाको मेलौली र महारुद्र तथा शिवनाथ गाउँपालिकाका केही वडा औलोको उच्च जोखिममा रहेका छन्, उहाँले भन्नुभयो “औलोको जोखिम बढी भएका ठाउँमा लामखुट्टे मार्ने औषधि समेत स्प्रे गरिएको छ ।” 

औलोको जोखिम रहेका ठाउँमा औषधि स्प्रे गर्नुका साथै जोखिम बढी रहेका केही वडामा झुल वितरण गर्ने कार्य भइरहेको समेत उहाँले बताउनुभयो । एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट औलो सर्ने गर्दछ । 

बैतडीमा गत आर्थिक वर्ष २०७३÷७४ मा ६७ जना औलोका नयाँ बिरामी फेला परेका छन् । आव २०७२÷७३ मा ३९ जना औलो रोगी फेला परेका थिए । फाट्टफुट्ट रुपमा जिल्ला भरनै औलोका बिरामी रहेको भए पनि तल्लोस्वराडको शिवनाथ, महारुद्र, मेलौली, पञ्चेश्वरलगायतका ठाउँमा धेरै औलोका बिरामी भेटिएका हुन् । 

बैतडीसँगै प्रदेश नम्बर ७ को कैलाली, कञ्चनपुर, डडेल्धुरा पनि औलोको उच्च जोखिममा रहेको एक सर्वेक्षणको दाबी छ । औलो रोग लागेमा उच्च ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी आउने तथा समयमा उपचार हुन नसके बिरामीको मृत्युसम्म हुनसक्ने भएकाले समयमै सचेत रहन पनि जिल्ला स्वास्थ्य कार्यालयले सबैमा आग्रह गरेको छ । 

यस्ता लक्षण देखिएमा अनिवार्यरुपमा नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्य जाँच गराउन जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको हो । लामखुट्टे हुर्कन सक्ने खालको वातावरण हुँदा पहाडी क्षेत्रमा समेत औलोको जोखिम बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो । 

आफ्नो शरीरमा औलोको संक्रमण जान्न रक्त परीक्षण अनिवार्य भएको भन्दै डाक्टर अवस्थीले स्वास्थ्य संस्थामा गई निःशुल्क रक्त परीक्षणका गराउनसमेत आग्रह गर्नुभयो । 

स्वास्थ्यकर्मीका अनुसार एनोफिलिस जातको संक्रमित पोथी लामखुट्टेले टोकेर एक मान्छेबाट अर्को मान्छेमा रोग सार्ने गर्दछ । औलो रोग रोकथामका लागि सुत्दाखेरी झुलको प्रयोग गर्ने, सरसफाइमा ध्यान दिने, घर वरिपरि भएका पानीका खाल्डाखुल्डी पुर्नुपर्दछ । 

सरकारले औलो कार्यक्रमको रणनीतिक योजना सन् २०१४–२०२५ अनुसार सन् २०२६ भित्रै राष्ट्रलाई औलो उन्मूलन क्षेत्र घोषणा गर्ने रणनीति तयार पारिसकेको छ । सरकारले रणनीतिअनुसार औलो प्रभावित क्षेत्रलाई सन् २०१८ भित्र शून्यमा झार्ने लक्ष्य लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली