प्रकाश धौलाकोटी/भदौ २२, तेह्रथुम । १४ औँ निजामती कर्मचारीको अवसरमा तेह्रथुममा माविस्तरीय निवन्ध प्रतियोगिता भएको छ । 

‘विपद् व्यवस्थापनमा विद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/भदौ २२, तेह्रथुम । १४ औँ निजामती कर्मचारीको अवसरमा तेह्रथुममा माविस्तरीय निवन्ध प्रतियोगिता भएको छ । 

‘विपद् व्यवस्थापनमा विद"/>

2026-09-28 10:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

निजामती कर्मचारी दिवसमा निवन्ध प्रतियोगिता


प्रकाश धौलाकोटी/भदौ २२, तेह्रथुम । १४ औँ निजामती कर्मचारीको अवसरमा तेह्रथुममा माविस्तरीय निवन्ध प्रतियोगिता भएको छ । 

‘विपद् व्यवस्थापनमा विद्यार्थीको भूमिका’ विषयक प्रतियोगितामा दिपज्योति स्कुलकी कञ्चन पोखरेल प्रथम, अरनिको स्कुलका हिमाल ढकाल द्धितीय र सिंहवाहिनी माविका हरिबहादुर बस्नेत तृतीय भएका छन् । 

उनीहरुलाई दिवसको अवसरमा बुधबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगद पुरुस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायधिश इन्द्रकुमार चोङटेङ्ली, जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगाना र आधिकारित ट्रेड युनियन तेह्रथुमका अध्यक्ष लिलानाथ पोखरेलले मन्तव्य राखे ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले अबका दश दिनभित्र जिल्लाका सवै वडा कार्यालयहरुमा कर्मचारी पु¥याई सकिने भन्दै नागरिकको सेवामा केन्द्रित हुन कर्मचारीहरुलाई आग्रह गरे । 

उनले मुलुक संक्रमण कालमा फसिरहेको भन्दै यो घडीमा कर्मचारीहरुले अड्को नथापेर राज्यलाई सहयोग गर्नुपर्ने धारणा राखे । जिल्लामा राम्रो काम गर्नेलाई कर्मचारीलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने व्यवस्था हुनुपर्ने उनले बताए ।  

कर्मचारीहरुले मुलुक संघीयताको नयाँ संरचनामा परिणत हुँदै गर्दा थुप्रै अन्योलहरु रहेपनि सेवा प्रवाहमा खोट आउन नदिने प्रमुख जिल्ला अधिकारी खनालले प्रतिवद्धता व्यक्त गरे । उनले नआत्तिई सेवा प्रवाहमा खट्न समेत निर्देशन गरे । 

सोही कार्यक्रममा जिल्लामा हालै सरुवा भएर आएका नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजन भुजेल र खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालयका प्रमुख महमद तजमुललाई स्वागत समेत गरिएको थियो । 

दिवसको अवसरमा आयोजित निवन्ध प्रतियोगितामा जिल्लाका ५ निजी तथा सामुदायिक विद्यालयका १० जना विद्यार्थीहरु सहभागी भएका थिए । प्रथम, द्धितीय र तृतीयलाई क्रमशः १ हजार ५ सय, १ हजार र ७ सय ५० रुपैयाँ नगद पुरस्कार दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह