प्रकाश धौलाकोटी/भदौ २२, तेह्रथुम । १४ औँ निजामती कर्मचारीको अवसरमा तेह्रथुममा माविस्तरीय निवन्ध प्रतियोगिता भएको छ । 

‘विपद् व्यवस्थापनमा विद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी/भदौ २२, तेह्रथुम । १४ औँ निजामती कर्मचारीको अवसरमा तेह्रथुममा माविस्तरीय निवन्ध प्रतियोगिता भएको छ । 

‘विपद् व्यवस्थापनमा विद"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

निजामती कर्मचारी दिवसमा निवन्ध प्रतियोगिता

२२ भाद्र २०७४, बिहीबार ०७:१०


प्रकाश धौलाकोटी/भदौ २२, तेह्रथुम । १४ औँ निजामती कर्मचारीको अवसरमा तेह्रथुममा माविस्तरीय निवन्ध प्रतियोगिता भएको छ । 

‘विपद् व्यवस्थापनमा विद्यार्थीको भूमिका’ विषयक प्रतियोगितामा दिपज्योति स्कुलकी कञ्चन पोखरेल प्रथम, अरनिको स्कुलका हिमाल ढकाल द्धितीय र सिंहवाहिनी माविका हरिबहादुर बस्नेत तृतीय भएका छन् । 

उनीहरुलाई दिवसको अवसरमा बुधबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगद पुरुस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायधिश इन्द्रकुमार चोङटेङ्ली, जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगाना र आधिकारित ट्रेड युनियन तेह्रथुमका अध्यक्ष लिलानाथ पोखरेलले मन्तव्य राखे ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले अबका दश दिनभित्र जिल्लाका सवै वडा कार्यालयहरुमा कर्मचारी पु¥याई सकिने भन्दै नागरिकको सेवामा केन्द्रित हुन कर्मचारीहरुलाई आग्रह गरे । 

उनले मुलुक संक्रमण कालमा फसिरहेको भन्दै यो घडीमा कर्मचारीहरुले अड्को नथापेर राज्यलाई सहयोग गर्नुपर्ने धारणा राखे । जिल्लामा राम्रो काम गर्नेलाई कर्मचारीलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने व्यवस्था हुनुपर्ने उनले बताए ।  

कर्मचारीहरुले मुलुक संघीयताको नयाँ संरचनामा परिणत हुँदै गर्दा थुप्रै अन्योलहरु रहेपनि सेवा प्रवाहमा खोट आउन नदिने प्रमुख जिल्ला अधिकारी खनालले प्रतिवद्धता व्यक्त गरे । उनले नआत्तिई सेवा प्रवाहमा खट्न समेत निर्देशन गरे । 

सोही कार्यक्रममा जिल्लामा हालै सरुवा भएर आएका नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजन भुजेल र खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालयका प्रमुख महमद तजमुललाई स्वागत समेत गरिएको थियो । 

दिवसको अवसरमा आयोजित निवन्ध प्रतियोगितामा जिल्लाका ५ निजी तथा सामुदायिक विद्यालयका १० जना विद्यार्थीहरु सहभागी भएका थिए । प्रथम, द्धितीय र तृतीयलाई क्रमशः १ हजार ५ सय, १ हजार र ७ सय ५० रुपैयाँ नगद पुरस्कार दिइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह