३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मानव बेचबिखनसम्बन्धी ऐन कार्यान्वनको अवस्थाबारे अध्ययन गरिने

१९ असार २०८२, बिहीबार १२:४६
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले सङ्गठित अपराधको रूपमा ‘मानव बेचबिखन तथा ओसारपसार(नियन्त्रण) ऐन, २०६४’ को कार्यान्वयन अवस्थाबारे अध्ययन गर्ने भएको छ ।
समितिको आज बसेको बैठकले बेचबिखनको उच्च जोखिममा रहेका तथा बेचबिखन तथा ओसारपसारमा परेका पीडितको न्यायमा पहुँचको सुनिश्चितता गर्ने उद्देश्यले सो कानुनको कार्यान्वनको अवस्थाबारे अध्ययन गरिने समितिका सभापति किरणकुमार शाहले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “समितिको आजको बैठकले सङ्गठित अपराधको रूपमा विश्वभर फैलिएको मानव वेचबिखनबाट प्रभावित व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र मौलिक हकको संरक्षण गर्न, स्वदेश तथा विदेशमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी आरोप लागेका व्यक्तिलाई कानुनको दायरामा ल्याउन यो ऐन निर्माण गरिएकाले यसको कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने निर्णय गरेको छ ।”
समितिले ऐनको स्थिति, त्यसको असर, प्रभावलगायत विषयका आधारमा ऐन कार्यान्वयनको मापन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट