2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा शोकसभा

वैशाख १९, धनगढी | गत वर्ष वैशाख १२ गत विनाशकारी भूकम्पमा ज्यान गुमाएका Sumanको स्मृतिमा शोक सभा आयोजना गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको आयोजनामा शोक सभा गरिएको हो । मकवानपुरका संस्थापक अध्यक्ष भोम्जन १२ गतेदेखि सम्पर्क विहिन भएर वैशाख १९ गते मृत भेटिएका थिए । त्यही दिनको सम्झनामा शोक सभा गरिएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीका अध्यक्ष सीताराम ओझाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्द प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमको सञ्चालन समन्वय शाखाका सदस्य हरि जोशीले गर्नुभएको भने कार्यक्रममा पत्रकार, खेलाडी र खेलकुद कर्मचारी तथा पदाधिकारीको सहभागीता रहेको थियो ।

शोक सभामा स्वर्गीय पत्रकार भोम्जनको स्मृतिमा आगामी वर्षदेखि सुमन भोम्जन स्मृति खेलकुद पुरस्कार स्थापना गर्ने घोषणा गरिएको छ । मञ्चको कैलाली समन्वय शाखाले यो पुरस्कार हरेक वर्ष खेलकुदको क्षेत्रमा कमल चलाउने पत्रकार, खेलाडी प्रशिक्षक वा जुनसुकै खेलकुदसँग सम्वन्धित पदाधिकारीहरुलाई प्रदान गरिने छ । सुदुरपश्चिम क्षेत्रको खेलकुद विकासका लागि गरिएको कार्यको मुल्याकंन हुने शोक सभामा मञ्चका अध्यक्ष सीताराम ओझाले जानकारी दिनुभयो । पुरस्कारको राशी अहिले तोकिएको छैन । त्यस विषयमा सरोकारवाला सवैसँग सल्लाह गरी पुरस्कार राशी तोकिने र भोम्जनको ज्यान गएको स्मृतिमा वैशाख १९ गते प्रदान गर्ने विषयमा पनि छलफल गरिने मञ्चले जनाएको छ |

मकवानपुर जिल्ला पदम पोखरी गाविस ५ मा २०४२ साल जेठ २१ जन्मेका भोम्जनले २०६४ सालदेखि मकवानपुरबाट प्रकाशित नारायणी दैनिकबाट पत्रकारिता सुरु गरेका थिए । राजधानी आई २०६६ मा नेपाल एफएममा काम गर्न थालेका उनी २०६८ सालदेखि गोरखापत्र दैनिकमा आवद्ध थिए । सुरेन्द्रवहादुर भोम्जन र विमला लामाका छोरा सुमन भोम्जन नेपाल खेलकुद पत्रकार मञ्चको मकवानपुर समन्वय शाखाका संस्थापक अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई