2026-09-08 02:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

स्थानिया खाद्यान्नबाट बाल आहार बनाउन अनुसन्धान शुरु

ललितपुर, २२ भदौ । लट्टे, जुनेलो, चिनोकागनो (कोदोको एउटा प्रजाति) लगायतबाट बाल आहार बनाउने अनुसन्धान शुरु भएको छ । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको खाद्य अनुसन्धान महाशाखाले यसै वर्षबाट अनुसन्धान शुरु गरेको हो । उच्च पहाडी क्षेत्रमा फल्ने यी अन्न स्वास्थ्यका हिसाबले फाइदाजनक हुने महाशाखाका प्रमुख रोमन कार्की बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “खाद्य सुरक्षा र पोषण सुरक्षा दुवैका हिसाबले यी खाद्यान्नबाट बाल आहार बनाउनु उपयुक्त छ ।” महाशाखाले आगामी तीन वर्षमा अध्ययन सक्ने योजना बनाएको छ । यी बालीबाट प्रशोधन गरेर अरु खानेकुरा बनाउँदा किसानलाई बाली लगाउन उत्साह मिल्नेछ । 

उहाँ भन्नुहुन्छ, “पोषणका हिसाबले महत्वपूर्ण भए पनि यी बालीको उत्पादन कम हुँदैछ ।” कोदोमा आइरन र क्याल्सियम अरु बालीमा भन्दा दुई गुणा बढी पाइन्छ । जुनेलो र लट्टेसमेत खाद्य विविधिकरणका हिसाबले महत्वपूर्ण मानिन्छ । कर्णालीका सुख्खा ठाउँमा यी बाली पर्याप्त मात्रामा उत्पादन हुन्छ । 

पहिले त्यहाँ खाद्यान्नमा स्थानीयवासीले यी बाली प्रयोग गर्थे । सबैतिर भात खाने प्रवृत्ति बढ्दा पोषणयुक्त खानेकुराको उत्पादन कम भएको छ । कार्की भन्नुहुन्छ, “यसको अध्ययन गरेर किसानलाई सिकाउँदा किसान र बालबालिका दुवैलाई फाइदा पुग्छ ।” महाशाखा यसअघि फापर र कोदोको पिठोबाट बिस्कुट, केकलगायतका खानेकुरा बनाउन सफल भइसकेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता