३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भियतनामको अर्थतन्त्रमा उल्लेखनीय सुधार

२१ असार २०८२, शनिबार १४:१७

काठमाडौँ । भियतनामले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ७.५२ प्रतिशतको दरले आर्थिक वृद्धि हासिल गरेको छ, जुन पछिल्ला केही वर्षहरूमा अत्यन्तै उल्लेखनीय मानिएको छ ।
देशको केन्द्रीय तथ्याङ्क कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वृद्धि दर सबैभन्दा उच्च हो, जसले समग्र आर्थिक स्थायित्व र सुधारको संकेत गर्दछ ।

विज्ञप्तिमा भनिएको छ, “वर्तमान विश्व तथा क्षेत्रीय परिस्थितिहरूमा चुनौतीपूर्ण अवस्थाका बाबजुद पनि देशको सामाजिक तथा आर्थिक प्रदर्शन सकारात्मक रहेको छ र निर्धारित लक्ष्यतर्फ उन्मुख देखिन्छ ।”

यस अवधिमा दोस्रो त्रैमासिकमा मात्र भियतनामले ७.९६ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको छ, जुन हालका वर्षहरूमा दोस्रो त्रैमासिकको सबैभन्दा उच्च दर हो । सरकारको लक्ष्य यस वर्ष कम्तीमा आठ प्रतिशतको वार्षिक वृद्धि हासिल गर्ने रहेको छ ।

यसैबीच, वियतनाम र अमेरिकाबीच भएको व्यापार सहमतिपछि अमेरिकी आयात महसुल दर उल्लेखनीय रूपमा घटाइएको छ । प्रस्तावित ४६ प्रतिशत महसुललाई घटाएर न्यूनतम २० प्रतिशतमा झारिएको छ, जसको सट्टा वियतनामले अमेरिकी उत्पादनहरूलाई आफ्नो बजारमा पहुँच दिन सहमति जनाएको हो ।

अमेरिकासँग सबैभन्दा धेरै व्यापार नाफा गर्ने मुलुकहरूमध्ये वियतनाम तेस्रो स्थानमा पर्दछ, जसले गर्दा उसमाथि उच्च महसुल लगाउने प्रस्ताव गरिएको थियो । तर, सहमतिको माध्यमबाट समाधान खोजिएको छ, जुन आपसी व्यापार सम्बन्ध सुदृढ गर्नेतर्फ सकारात्मक कदमको रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली