२०८२, २६ माघ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा

२०८२, २५ असार बुधबार १२:१८

काठमाडौँ । सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित सभामार्फत ‘सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा’ गरिएको हो ।

सो अवसरमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सुर्खेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा हुनसकेकोप्रति बधाई ज्ञापन गर्दै यसको निरन्तरतामा जोड दिन आग्रह गर्नुभयो ।

बदलिएको व्यवस्थापश्चात् स्वास्थ्य जनशक्ति बढे पनि यसका सूचकहरुमा सुधार आउन नसकिरहेको बताउँदै मन्त्री भण्डारीले भन्नुभयो, “बढ्दो बसाइँसराइका कारण सुर्खेतमा वीरेन्द्रनगरजस्ता स्थानीय तहहरुमा चुनौती थपिएको छ । यसमा स्वास्थ्यकर्मीको सक्रियता र जिम्मेवारीपन बढी हुन आवश्यक छ । रोग निदानमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सक्रियताले सहज भएको छ ।”

प्रदेश खोप समितिका संयोजक एवं सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले रोग निराकरणका लागि खोपले टेवा पुग्ने बताउनुभयो । कर्णालीका सात जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेकाले यो अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको मनोबल उच्च राख्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विकटताको कारण खोप कार्यक्रममा अझै चुनौतीपूर्ण रहेको जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति सुर्खेत प्रमुख गङ्गाराम सुनारले बताउनुभयो । विसं २०३५ देखि खोप कार्यक्रम सुर्खेतमा सुरु भए पनि पूर्णखोप सुनिश्चितता र दिगोपनाको जिल्ला घोषणा हुन करिब आधा शताब्दी कुर्नुपरेको उहाँको भनाइ थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो