2026-09-24 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीको लागि चर्को रकम अशुल्ने ५ म्यानपावरको काम रोक्का (को-को परे ?)

भदौ २५, काठमाडौं | वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको लागि चर्को रकम अशुल्ने ५ म्यानपावरको काम रोक्का गरेको छ भने अन्य म्यानपावरहरुलाई पनि कारवाहीको लागि अनुसन्धान जारी राखेको जानकारी दिएको छ  । 

बिभागले म्यानपावरको हिसाबकिताब नबुझाउने ३० म्यानपावरलाई कारबाही समेत गरेको छ । बिभागका अनुसार बढी लागत खर्च लिने ५ म्यानपावरहरु निड्स इम्पोइमेन्ट, वाइड स्पेस, सिद्ध ग्लोबल, इन्टरनेसनल जब लिंक र युनिभर्सल इन्टरनेसनलको काम रोक्का गरको हो । 

शून्य लागतको अवस्था पत्ता लगाउन विभागले मागेको हिसाबकिताब नबुझाएका ३० म्यानपावरलाई ५० हजार र १ लाखका दरले जरिवाना गराईएको थियो ।  बिभागले कारवाही र रोक्का गर्ने म्यानपावरको शंख्या बढ्न सक्ने बताउंदै कामदारसँग चर्को रकम अशुल गर्ने म्यानपावरलाई थप कडाईका साथ कारवाही गरिने जनाएको छ । 

गत बर्षनै म्यानपावरहरुलाई विवरण बुझाउन ताकेता गरेपनि म्यानपावरहरुले अटेर गर्दै पटक-पटक म्याद थपिएका थिए । थपिएको म्यादसम्ममा सम्पूर्ण हिसाबकिताब बुझाउने म्यानपावरको संख्या ७ सय ४५ थियो । बिभागले हिसाब बुझाएका ६६ म्यानपावरलाई पहिलो पटक चुस्त नरहेको भन्दै सचेत गराएको छ भने केहि म्यानपावरले दिएको विवरण त्रुटीपूर्ण देखिएको तथा म्यानपावरले मोटो रकम अशुल गरेको प्रमाण फेला परेको भन्दै थप म्यानपावरहरु पनि कारबाहीमा पर्दै जाने जनाएको छ । ]

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु