2026-09-26 03:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ब्याजदर घटाउन हतार गर्नु हुँदैनः इसीबीे

युरोपेली केन्द्रीय बैङ्क (इसीबी) ले तत्काल फेरि ब्याजदर कटौती गर्न हतार गर्नु नहुने बताएको छ ।

इसीबीका कार्यकारी बोर्ड सदस्य इसाबेल स्केनाबेलले शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा तत्काल फेरि ब्याजदर कटौती गर्न हतार गर्नु नहुने बताउनुभएको हो ।

“हामी राम्रो अवस्थामा छौँं,” युरो क्षेत्रमा उत्पादन र वृद्धिको मजबुत आँकडालाई इङ्गित गर्दै स्केनाबेलले वित्तीय समाचार सेवा इकोनोस्ट्रिम मिडियासँग भन्नुभयो ।

उहाँका अनुसार इसिबी अन्तर्गतका बैङ्कहरूको हालको दरहरूले ऋणीहरूलाई रोकिरहेका छैनन् ।

स्केनाबेलले भन्नुभयो, “विनिर्माण क्षेत्रमा सुधार जारी छ, सबै अग्रगामी सूचकहरूले आश्चर्यजनक रूपमा उनीहरूको वृद्धिको प्रवृत्तिलाई जारी राखेका छन् ।”

उहाँले थप्नुभयो, “यसको अर्थ अर्को दर कटौतीका लागि सम्भावना धेरै उच्च छ ।”

डलरको तुलनामा युरोको पछिल्लो मजबुतीले मुद्रास्फीतिलाई इसीबीको दुई प्रतिशतको लक्ष्यभन्दा तल धकेल्न सक्छ कि भनेर सोधिएको प्रश्नमा स्केनाबेलले आफू सशङ्कित रहेको बताउनुभयो ।

“विनिमय दरको मूल्यवृद्धिले अन्तर्निहित मुद्रास्फीतिमा तलको दबाब दिने डर अतिरञ्जित छ,“ स्केनाबेलले भन्नुभयो ।

उहाँले तर्क गर्नुभयो, “धेरै युरोपेली आयातकर्ताहरूले सम्भवतः उपभोक्ताहरूलाई बचत हस्तान्तरण नगरेर आफ्नो लागि कम आयात लागत सुरक्षित राख्नेछन् ।”

उहाँले युरोको पछिल्लो शक्तिले नै युरोजोनमा नयाँ आर्थिक शक्ति प्रतिबिम्बित गरेको बताउनुभयो ।

“मैले नयाँ आर्थिक बर्षको पहिलो छ महिनामा मुद्रास्फीतिको निरन्तर न्यूनिकरणको कुनै जोखिम देख्दिनँ,“ स्केनाबेलले भन्नुभयो ।

हालै पोर्चुगलमा आयोजित एक इसीबी कार्यक्रममा अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलसँग भेटेकी स्केनाबेलले राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर छिटो घटाउन माग गरिरहेको अवस्थामा फेडले आफ्नो स्वतन्त्रता कायम राख्न सक्नेमा आफू आशावादी रहेको बताउनुभयो ।

“स्वतन्त्रताको एउटा ठोस फाइदा यो हो कि यसले जोखिम लाई कम गर्दछ”, उहाँले भन्नुभयो, “ट्रम्पको आक्रमणहरू आत्म–पराजित साबित हुन सक्छन् ।

इसिबीले जुलाई २४ मा आफ्नो अर्को दर निर्धारण बैठक आयोजना गर्नेछ र उक्त बैठकले लगातार सात कटौतीपछि दरहरू स्थिर राख्ने अपेक्षा गरिएको अधिकांश पर्यवेक्षकहरूले विश्वास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित