2026-09-24 12:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरेलु कामदारको रुपमा युएई जान चाहनेहरुलाई खुसीको खबर

भदौ २५, काठमाडौँ | युएई बिभिन्न देशका श्रमिकहरुको लागि आकर्षक गन्तब्य मान्ने गरिन्छ । त्यसमा पनि नेपाल लगायत बिभिन्न देशबाट युएइमा बिभिन्न पेसामा श्रमिकको रुपमा जाने गरेका छन् ।  

यसैबीच युएईले घरेलु श्रमिकको आपूर्ति बढाउने भएको छ । साथै उसले श्रमिक आपूर्ति गर्न विभिन्न देशसँग चाँडै द्विपक्षीय सम्झौता गर्ने युएईको मिनिष्ट्री अफ ह्युमन रिसोर्स एण्ड इमिरेसनले जनाएको छ । 

द्विपक्षीय सम्झौता अघिनै युएईले घरेलु कामदारको सुरक्षामा समेत चासो देखाएको छ । उसले नयाँ घरेलु श्रमिक ऐन लागु गरि घरेलु कामदारको सुरक्षाको प्रत्याभूत गरेको छ । घरेलु श्रमिकको आपूर्ति र व्यवस्थापनमा निजी क्षेत्रका भर्ती गर्ने संस्थाले पनि यस्तो नियम पालना गर्नुपर्नेछ । 

युएईले घरेलु कामदारको ब्यबस्थापन तथा भर्तीलाई व्यवस्थापन गर्न आउँदो महिनादेखि युएईमा ‘तदविर सेन्टर’ समेत खोल्नेछ । ‘तदविर सेन्टर’ को माध्यमबाट घरेलु श्रमिकको क्षमता विकासका लागि अभिमुखिकरण, भिसा ग्यारेन्टी लगायतका काम हुनेछन् । ‘तदविर सेन्टर’ कै माध्यमबाट रोजगारदाताले चाहे अनुसारको कामदार छनौट गरेर रोजगारी दिन सक्नेछ । साथै कामदारको वर्गीकरण समेत हुनेछ । 

बिभिन्न देशबाट घरेलु कामदारको रुपमा घरेलु कामको सहयोगी, बालबालिका हेर्ने, खाना पकाउने, सुरक्षा गार्ड र खेतीपातीको काम गर्ने लगायतको काममा घरेलु कामदार बिदेसिने गरेका छन् ।  ‘तदविर सेन्टर’ ले श्रमको वर्गीकरण समेत कामको आधारमा गर्ने र रोजगारी दिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु