Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

2026-09-15 09:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अखिल नेपाल बिद्यार्थी यूयिन एकताको राष्ट्रिय सम्मेनल शुरु ।

इमरान खान। भादौ २५, कपिलवस्तु। “सामन्ती दलाल, नोकरशाही ,पूँजीवादको अन्त्य आवश्यक” भन्ने नाराका साथ  आज एक समारोहका बीच अखिल नेपाल बिद्यार्थी यूयिनको एकताको राष्ट्रिय सम्मेनल नेपाल कम्युनिष्टपार्टीका अध्यक्ष ऋषिराम कट्टेलले पानसमा बत्ती बालेर उद्घाटन गरे ।

काठमाण्डौ डिल्लीबजारको बिजय स्मारक मा. बि.को सभाकक्षमा भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उनले देशका तीन दलीय शक्तिले सामन्ती दलाल नोकरशाही पूँजीवादको सेबक भएर गएकोले तिनले जनताको प्रतिनिधित्व गर्न सक्तैनन र नेपाली जनता त्यसको बिकल्पमा खडा हुनुपर्ने स्थिति उत्पन्न भइसकेको छ । अखिल नेपाल बिद्यार्थी यूनिनयले त्यही दिशामा आफुलाई आगाडि बढाउँदै आएको र अब सम्मेलन पछि  सशक्तरुपमा नेपाली जनताको हितमा यसले काम गर्ने बिश्वास ब्यक्त गदै र सफलताको कामना गर्दै सम्मेलनले सही नीति र कार्यक्रमका साथ सही नेतृत्व चयन गरेर अघि बढोस्  र सम्मेलन सफल होस भन्ने शुभकामना ब्यक्त गरे । उनले भूmटा मुद्दामा अनेबियूका पूर्व अध्यक्ष प्रबीण मिश्रलाई फसाएर सत्ताले ठूलो अपराध गरको क्रा पनि ब्यक्त गर्दै त्यसको निन्दा र भत्र्सना गर्नुका साथै तत्काल रिहाईको माग गरेका  थिए । नेपाल कम्युनिष्ट पार्टी उपाध्यक्ष लोकनारायण सुवेदी शिक्षा शक्तिशाली हतियार हो भन्ने महान नेता नेल्सन मण्डेलाको कथनलाई उद्ध्त गर्दै र सही शिक्षाले नै ब्यक्ति, समाज र राष्ट्रलाई सही दिशामा डोर्याउन र उन्नत चरणमा पु¥याउन मद्दत गर्दछ भन्दै हाम्रो शिक्षा नेपालको कृषि, उद्योग, बन्द–ब्यापार, स्वास्थ्य, बातावरण, नैतिकता, इमानदारीतासाग जोडिनु पर्दछ र सबै क्षेत्रको भ्रष्टाचार, माफियातन्त्र र देशका हित बिपरीत सन्धि सम्झौता बिरुद्ध सशक्तरुपमा खडा हुनु पर्दछ र नेपालका नदी नाला, जमिन जंगल, जडीबुटी नेपाली जनताको स्वामित्वमा राखिनु पर्दछ अनि उनीहरुको हितका लागि मात्र परिचालन गरिनु पर्दछ भन्ने कुरा अखिल नेपाल बिद्यार्थी यूनियनले उठाएर शिक्षालाई यी कुरासँग जोडने आन्दोलन चलाउनु पर्दछ । बिद्यमान राजनीतिक ब्यवस्थाले बहुसख्यक जनताको हित नगर्ने मुठ्ठीभर माफिया, तस्कर, कालोबजारिया र भ्रष्टाचारीको हितमा ज्यान फालेर लाग्ने भएकोले त्यसका बिरुद्ध सशक्त संघर्ष उठाउन र साच्चो जनातान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता तथा राष्ट्रिय स्वाधीनताका निम्तिआन्दोलन केन्द्रित हुनुपर्दछ भने धारणा राखेका थिए । ने.क.पा.का महासचिव शरण बिक्रम मल्लले परमुखपेक्षी अर्थतन्त्र, बरोजगारी, बिप्रेषणको दुरुपयोग र बिकराल भ्रष्टाचारका बिरुद्ध सशक्त आवाज उठाएर आम बिद्यार्थी र नेपाली जनताको परिबर्तन  प्रगतिको प्रतिनिधित्व यो बिद्यार्थीय संगठनले गर्नु पर्दछ र गर्न सक्तछ भन्ने बिश्वास ब्यक्त गरे ।

नेकपाका प्रमुख सल्लाहाकार रामबहादुर भण्डारीले शुभकामनाकासाथ संयुक्त बिद्यार्थी आन्दोनलको ऐतिहासिक महत्वमाथि प्रकाश पार्दै र २००८ सालदेखि कसरी देशभक्त प्रगतिशील र जनवादी बिद्यार्थी संगठनहरु जनताका पक्षमा खडा भए अनि  कसरी औसरबादी, दरबार परस्त बिद्यार्थीहरु निरंकुश सत्ताको ताबेदरीमा लागे भन्ने इतिहासको उल्लेखगर्दै इतिहासबाट सही शिक्षा लिएरअघि बढनु पर्ने औंल्याए । कार्यक्रममा अखिल नेपाल महिला यूनियनकी अध्यक्ष सीता सुवेदीले शुभकामना दिदै र सही नीति र नेतृत्व भएको बिद्यार्थी संगठनले मात्र देश र जनताको हितमा काम गर्न सक्तछ भन्दै अनेबियूले त्यही दिशामा काम गरेर देश जनताको इज्जत बढाउने बिश्वास ब्यक्ति गरिन् । शुभकामना दिदै पुष्पलाल अध्ययन समाजका महाससिब कौशलदेब अधिकारीले बर्तमान शिक्षा कस्तो हुनु पर्दछ र देशको कसरी भबिष्य निर्माण हुन सक्तछ भन्ने कुरामा केन्द्रित भएर आन्दोलन बिकसित गर्नु पर्दछ भन्न भावना  ब्यक्त गरे । अध्यक्षका आसनबाट बोल्दै अखिन नेपाल बिद्यार्थी यूनियन एकताको राष्ट्रिय सम्मेलन तयारी संमितिका संयोजक दीपनारायण पाठकले हातमा सीप र दिमाग सोच दिएर नयाँ किसिमले बिद्यार्थी समुदायलाई गोलबन्द गर्ने र सही अर्थमा देश र जनताको सेवामा लगाउने अठोट यो सम्मेलनले गर्ने दृढता र प्रतिबद्धता जाहेर गरे । उद्घाट कार्यक्रम सत्रको सञ्चालन बिद्यार्थी नेता हरिवोल खत्रीले गरेका थिए भने स्वागत मन्तब्य अर्का बिद्यार्थी नेता सन्तोस भटराईले दिएका थिए  । अमर शहीदहरुप्रति एक मिनेट मौन धारण गर्दै शुरु भएको कार्यक्रमको बिच बिचमा साँस्कृतिक नृत्य र गीत गायन पनि चलेको थियो । दुइ दिन चल्ने बन्द सत्रले नीति, कार्यक्रम, बिधान पारित गर्ने तथा नेतत्को चयन गरेपछि सम्मेलन सम्पन्न हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ