पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २५, बझाङ | अबको महिना दिनदेखि ६ महिनाभित्रमा बझाङको ९ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा खुल्दैछ ।

सरकारले स्थानीय तहको सञ्चित कोषको रकम ‘क’ वर्गको बैक मार्फत परिचालन गर्नुपर्ने व्यवस्था गरेकाले स्थानीय तहमै बैंकको खाता खोल्न लागेको हो । सरकारले यही साउन १ गतेदेखि स्थानीय तहको सञ्चित कोषको रकम निकासा पठाउन थालेको छ । तर स्थानीय तहमा बैंक नहुँदा सदरमुकाम तथा सम्बन्धित स्थानीय तहबाट नजिक पर्ने बैंकबाट खाता सञ्चालन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

७४४ स्थानीय तहमध्ये हालसम्म ३३२ स्थानीय तहमा मात्र बैंकका शाखा स्थापना भएका छन् । बाँकी ४१२ तहमध्ये पहिलो चरणमा २४४ स्थानीय तहमा बैंकको शाखा खोल्न वाणिज्य बैंकहरु सहमत भई कुन बैकले कहाँ शाखा खोल्ने निक्र्यौल भइसकेको छ ।

यसैबीच बझांग जिल्लाको ९ स्थानीय तहमा यी बैंकको शाखा खुल्ने भएका छन्:-

कृषि विकास बैंक – बुंगल नगरपालिका

सेन्चुरी कमर्सियल बैंक – केदारस्युं गाउँपालिका

नविल बैंक – वित्थडचिर गाउँपालिका

प्रभु बैंक – तामानखोला गाउँपालिका

प्रभु बैंक – ताराखोला गाउँपालिका

प्रभु बैंक – बडीगाड गाउँपालिका

प्राइम कमर्सियल बैंक – खप्तडछान्ना गाउँपालिका

सनराइज बैंक – तलकोट गाउँपालिका

सनराइज बैंक – मष्टा गाउँपालिका