२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिलो सन्तान छोरी जन्माउनेलाई तीन हजार !

२५ भाद्र २०७४, आईतवार १७:०५

भदौ २५, विराटनगर | विराटनगर महानगरपालिकाले आइतबार चालु आवका लागि तीन अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । 

आव २०७४/०७५ का लागि महानगरपालिकातर्फ एक अर्ब ७४ करोड ८९ लाख २१ हजार रुपैयाँ, मझौला सहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना÷क्षेत्रीय विकास परियोजनातर्फ एक अर्ब ६४ करोड रुपैयाँ गरी तीन अर्ब ३८ करोड ८९ लाख २१ हजार रुपैयाँको अनुमानित बजेट पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । 

महानगरपालिकाका प्रमुख भीम पराजुलीले ‘सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ दीर्घकालीन सोचका साथ समानुपातिक विकासको अभियानलाई मूर्तरुप दिने उद्देश्यले बजेट तयार गरिएको बताउनुभयो । 

बजेटमा समानुपातिक र संस्थागत विद्यालयको समानताका लागि नमूनाको रुपमा विकास गर्न क्षेत्रगत रुपमा उत्तरी र दक्षिणी गरी एक÷एक सामुदायिक विद्यालय र मदरसासमेत गरी तीनवटा विद्यालयमा ५० लाख रुपैयाँका दरले एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

त्यसैगरी, ‘छोरी बचाउ अभियान’ अन्तर्गत पहिलो छोरी जन्माउने अभिभावकलाई तीन हजार रुपैयाँ, ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप सामाजिक भत्तामा मासिक थप एक हजार रुपैयाँ दिने उल्लेख गरिएको छ । 

यसका साथै निर्माणमा सहजताका लागि आफ्नै स्वामित्वमा रोलर र ग्रेडर खरिद गर्न दुई करोड रुपैयाँ, नहरलाई बाइपासको रुपमा विकास गर्न एक करोड रुपैयाँ, बहुउद्देश्यीय पार्क निर्माण गर्न र वडा नं ३ को घोघापैनी निर्माण गर्न एक÷एक करोड रुपैयाँ र स्लाब हाल्न १५ वटा वडालाई २०÷२० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ । 

त्यसैगरी, ऐतिहासिक विराट राजाको दरबार क्षेत्रका लागि ४० लाख रुपैयाँ र एकीकृत बस्ती विकास परियोजना सञ्चालन गरी सुकुम्बासी तथा खोला छेउका घरपरिवारलाई व्यवस्थापन गर्ने लगायतका योजना सार्वजनिक गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ