२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा दशैँमा पनि चामल अभाव हुने

२७ भाद्र २०७४, मंगलवार १०:३२

भदौ २७,जाजरकोट। जिल्लाको बारेकोट क्षेत्रमा दशँैमा समेत चामल अभाव हुने भएको छ । 

चामल ढुवानीको प्रक्रियागत झन्झटका कारण नेपाल खाद्य संस्थानको बारेकोटको नायकवाडास्थित घाट डिपोमा दशँैअघि चामल पुग्ने अवस्था छैन । बारेकोट गाउँपालिका तोलखाना, धौलाकोट, रोकायगाँउ, मूल्यमा, जिरी, समाकोट, गोठगाउँलगायतका गाउँमा खाद्य संकट परेको छ । 

गाउँमा किनेर खान पनि अन्न छैन । गाउँमै उत्पादित अन्नले वर्ष दिनमा ६ महिना समेत खान पुग्दैन । बाँकी महिना खाद्य संस्थानकै चामलको भर पर्नुपर्छ । यातायात असुविधा र बाटोघाटो निकै अफ्ठ्यारो भएकाले निजी क्षेत्रका व्यापारीले बिक्रीको लागि चामल नलिँदा थप समस्या भएको हो । 

यतिबेला चामलको माग अत्यधिक छ । तर डिपो रित्तै छ । खाद्य संस्थानले चालु आर्थिक वर्ष २०७४÷७५ को चामल ढुवानीको लागि बोलपत्र आह्वान गरी सपना एण्ड सरोज कन्सट्रक्सन सेवा खलंगा– २ का नाममा ठेक्का स्वीकृत गरिसकेको जनाएको छ । 

तर १५ दिने सूचना जारी गरेर सल्लायर्सलाई ठेक्का सम्झौताको लागि संस्थानले बोलाएको छ । सप्लायर्सलाई १५ दिनभित्र ठेक्का सम्झौता गर्ने म्याद दिइएको छ । सो म्यादको अन्तिम मिती असोज ७ मा पुग्छ । असोज ५ गतेदेखि दशैँ शुरु भइहाल्छ । ठेक्का सम्झौता गर्ने बित्तिकै ठेकेदार कम्पनीले ढुवानी गर्नेमा आशंका छ । 

“हामीले दशँै अघि बारेकोटमा चामल पु¥याउने कोसिस गरिरहेका छाँै,” खाद्य संस्थानको वितरण महाशाखाका विभागीय प्रमुख सुरेन्द्रराज विष्टले भन्नुभयो । सदरमुकाम खलंगामा गत वर्षको मौज्दात पाँच सय क्वीन्टल चामल डिपोमा पठाउन जिल्लालाई निर्देशन दिएको विष्टले बताउनुभयो । 

अहिलेसम्म ढुवानीको कुनै प्रक्रिया थालनी भएको छैन । खाद्य संस्थानका प्रमुख धर्मबहादुर बस्नेत जिल्ला बाहिर रहनुभएको छ । निमित्त प्रमुख रामप्रसाद पौडेल आफूलाई यसबारे जानकारी नभएको बताउनुहुन्छ । 

सप्लायर्सले आगामी असारभित्र एक हजार क्वीन्टल चामल सदरमुकामबाट गाउँका डिपोसम्म ढुवानी गर्ने जिम्मा लिएका छन् । प्रति क्वीन्टल चामल रु एक हजार ४७५ मा ढुवानी गर्ने गरी बिहीबार ठेक्का स्वीकृत भएको छ । बाटो बिग्रेकाले यतिबेला सदरमुकामबाटै घोडा खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता छ । 

तिहारपछि बाटो मर्मत भई आधा बाटोसम्म ट्याक्टर चल्ने भएकाले त्यतिखेर ठेकदारलाई ढुवानीमा सस्तो पर्ने हुन्छ । तत्काल ठेकदारले चामल ढुवानी गर्नेमा स्थानीयवासीले आशंका गरेका छन् । सदरमुकामबाट बारेकोटसम्म खच्चडमार्फत ढसवानी गर्दा प्रतिक्वीन्टल रु दुई हजार तिर्नुपर्छ । बारेकोट गाउँपालिका– ४ का वडाध्यक्ष सिर्जना बस्नेतले दशैँ अघि चामलको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । 

“दुई छाक भात खान पाए हाम्रा लागि त्यही ठूलो दशँै हुने थियो’,उहाँले भन्नुभयो । उहाँले तत्काल चामल पठाउन सरकारसँग माग गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य