काठमाडौँ | सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बाट चाइनिज पेस्तोल र लागुऔषध लगायत अवैध सामानसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय बिधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन्।
उनीहरूको साथबाट चाइनिज पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १२ राउण्ड, जरायोको सिङ १ थान, नियन्त्रित लागुऔषध ट्रामाडोल ८ सय ६० ट्याब्लेट र नाइट्राजेपाम ४ सय ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले बिधानको घर तलासी गर्दा उक्त हातहतियार र लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।