Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अब म्यानपावरको धरौटी १ करोड ! आधाभन्दा बढी म्यानपावर बन्द हुनसक्ने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २७, काठमाडौँ । अब विदेशमा कामदार पठाउने म्यानपावरले धरौटी मात्र एक करोड तिर्नुपर्ने भएपछी म्यानपावर व्यवसायीमा हङ्गामा मच्चिएको छ ।

म्यानपावरको धरौटी रकम १ करोड रुपैयाँ पुर्याउने गरी वैदेशिक रोजगार ऐन २०६४ संशोधन मस्यौदा तयार पारिएपछी अधिकांश साना म्यानपावरहरु बन्द हुने स्थिति आउने भन्दैबिरोधमा उत्रिएका छन् । अब उक्त कुरा पारित भएमा सबै म्यानपावरले १ करोड धरौटी तिर्नुपर्नेछ । 'धरौटी राख्न नसके म्यानपावर बन्द हुन्छ ।' एक व्यवसायीले बताए ।

श्रम मन्त्रालयले बनाएको समितिले सोमबार श्रममन्त्री फरमुल्लाह मन्सुरलाई यस सम्बन्धि मस्यौदा समेत बुझाएको छ । मन्त्री मन्सुले संशोधन छिटो पारित गराउन पहल थाल्ने बताएका छन् । तर यता १ करोडको धरौटीको बिषयलाई लिएर म्यानपावरहरुले भने आन्दोलन चर्काउने भएका छन् ।

काठमाडौँका एक व्यावसायीका अनुसार हरेक म्यानपावरले १/१ करोड धरौटी राख्नुपर्ने तथा म्यानपावरको आफ्नै घर हुनुपर्ने लगायत नीति आउंदैछ । यसैको बिरोधका लागि म्यानपावर व्यवसायीहरुले आज बिरोध पर्दर्शन गर्ने भएका छन् । ति व्यवसायीले यस्तो खाले नीति ल्याउन तयारी हुनुमा ठुला म्यानपावरकै हात भएको आरोप लगाएका छन् ।

उनले भने – 'बैदेशिक रोजगारीमा पठाउँदा कामदारसँग सकेसम्म पैसा नलिन भन्दै म्यानपावरलाई भने १० करोडको प्रोप्रटी हुनुपर्ने बाध्यता बनाउनु कति व्यवहारिक हुन्छ ?' उनले कम लागतमा बिदेस पठाउनको लागि म्यानपावरलाई सहुलियत दिनुको साटो ठूलो चलखेल गर्न लागिएको बताए । उनले यस्तो नीति आएमा बैदेशिक रोजगारीमा जाने कामदारले अहिले भन्दा अझै दोब्बर लागत तिर्नुपर्ने दावी गरे ।