१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब म्यानपावरको धरौटी १ करोड ! आधाभन्दा बढी म्यानपावर बन्द हुनसक्ने

२७ भाद्र २०७४, मंगलवार १०:५०

भदौ २७, काठमाडौँ । अब विदेशमा कामदार पठाउने म्यानपावरले धरौटी मात्र एक करोड तिर्नुपर्ने भएपछी म्यानपावर व्यवसायीमा हङ्गामा मच्चिएको छ ।


म्यानपावरको धरौटी रकम १ करोड रुपैयाँ पुर्याउने गरी वैदेशिक रोजगार ऐन २०६४ संशोधन मस्यौदा तयार पारिएपछी अधिकांश साना म्यानपावरहरु बन्द हुने स्थिति आउने भन्दैबिरोधमा उत्रिएका छन् । अब उक्त कुरा पारित भएमा सबै म्यानपावरले १ करोड धरौटी तिर्नुपर्नेछ । 'धरौटी राख्न नसके म्यानपावर बन्द हुन्छ ।' एक व्यवसायीले बताए ।


श्रम मन्त्रालयले बनाएको समितिले सोमबार श्रममन्त्री फरमुल्लाह मन्सुरलाई यस सम्बन्धि मस्यौदा समेत बुझाएको छ । मन्त्री मन्सुले संशोधन छिटो पारित गराउन पहल थाल्ने बताएका छन् । तर यता १ करोडको धरौटीको बिषयलाई लिएर म्यानपावरहरुले भने आन्दोलन चर्काउने भएका छन् ।


काठमाडौँका एक व्यावसायीका अनुसार हरेक म्यानपावरले १/१ करोड धरौटी राख्नुपर्ने तथा म्यानपावरको आफ्नै घर हुनुपर्ने लगायत नीति आउंदैछ । यसैको बिरोधका लागि म्यानपावर व्यवसायीहरुले आज बिरोध पर्दर्शन गर्ने भएका छन् । ति व्यवसायीले यस्तो खाले नीति ल्याउन तयारी हुनुमा ठुला म्यानपावरकै हात भएको आरोप लगाएका छन् ।


उनले भने – 'बैदेशिक रोजगारीमा पठाउँदा कामदारसँग सकेसम्म पैसा नलिन भन्दै म्यानपावरलाई भने १० करोडको प्रोप्रटी हुनुपर्ने बाध्यता बनाउनु कति व्यवहारिक हुन्छ ?' उनले कम लागतमा बिदेस पठाउनको लागि म्यानपावरलाई सहुलियत दिनुको साटो ठूलो चलखेल गर्न लागिएको बताए । उनले यस्तो नीति आएमा बैदेशिक रोजगारीमा जाने कामदारले अहिले भन्दा अझै दोब्बर लागत तिर्नुपर्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह