२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पीडामा बागलुङको पहिरो प्रभावित

२७ भाद्र २०७४, मंगलवार ११:११

भदौ २७, बागलुङ। पहिरोको त्रासले गाउँ छाडेको १५ दिनपछि निसीखोला गाउँपालिका–१ हुल्दीका पवन सिँजालीमगर पुनःसपरिवार घर फर्कनुभएको छ । 

पहिरोबाट बच्न उहाँलगायत हुल्दीका दर्जनौँ परिवारले नजिकको विद्यालयमा आश्रय लिएका थिए । वर्षा कम भए पनि हुल्दीवासीमा त्रास भने अझै महिना दिनअघिकै जस्तो छ । गत साउन २० गतेको भिषण वर्षापछि आएको पहिरोले सिंगो गाउँ नै जोखिममा छ । “पानी पर्न कम भएपछि गाउँलेहरु घर फर्कदै छन्, कोही त अभैm लेकको खर्कमै छन्” सिँजालीमगरले भन्नुभयो । 

हुल्दीको समस्या नौलो भने होइन, वर्षेनी यो गाउँ पहिरोको चपेटमा छ । यो वर्ष गाउँको बीचबीचबाट ठूला पहिरो धसिएपछि १५० परिवार स्थानान्तरण भएका हुन् । जग्गा चिरिने, भाँसिने, घर गोठ चर्कने हुन थालेपछि त्यहाँका बासिन्दा घरबारै छोडेर सुरक्षित स्थलतर्फ लागेका थिए । घर आए पनि ढुक्कसँग बस्ने अवस्था नरहेको पहिरो प्रभावित बताउँछन् । पहिरोमा आमा र घरसमेत गुमाउनुभएका लालबहादुर सिँजालीमगर अहिले दाजुको घरमा बस्दै आउनुभएको छ । 

पहिरोमा पुरिएर उहाँकी वृद्ध आमा खगिसराको ज्यान गएको थियो । “अहिले पनि पानी प¥यो भने रातभर जाग्रम बस्छौँ, कसैका घर पनि सुरक्षित छैनन्” सिँजालीमगरले भन्नुभयो । भिषण वर्षा र पहिरोले चर्काएका घर पानी पर्नासाथ भत्कन सक्ने उहाँको चिन्ता छ । 

पहिरोका कारण उहाँसहित अन्य दुई परिवारको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । स्थानीय मोहन राम्जाली र मनबहादुर सिँजालीमगर घर नभएपछि अहिले छिमेकीकोमा आश्रित हुनुहुन्छ । पहिरोले निसीखोला गाउँपालिका–२ बाहुन गाउँमा पनि क्षति पु¥याएको छ । सो वडाका बस्ती पनि उच्च जोखिममा रहेको बताइएको छ । 

वर्षेनी पहिरोको त्रास व्यहोर्दै आएका हुल्दीबासीले सरकारसँग सुरक्षित आवाससहित सिंगो गाउँलाई नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने माग गर्दै आएका छन् । आफ्ना गुनासा र मागलाई सम्बन्धित निकायमा पु¥याउन गाउँलेले लालबहादुर सिँजालीमगरको संयोजकत्वमा पहिरो पीडित समिति पनि गठन गरेका छन् । वर्षौंदेखिको समस्या समाधानका लागि राज्यपक्ष जिम्मेवार नभएकामा अझैसम्म गाउँबासी आक्रोशित छन् । 

“वर्षेनी यो समस्या बल्झिन्छ, यसको दीर्घकालीन समाधान निकाल्नुपर्छ” स्थानीय डम्बर बुढाले भन्नुभयो “पूरै गाउँ पहिरोले क्षतविक्षत छ ।” अघिल्ला वर्षको तुलनामा यसवर्ष ठूला पहिरो खस्न थालेकाले समस्या झन् गहिरिएको हो । मृतु भएकाका परिवर र घर पूर्ण क्षति भएकाले केही राहत पाए पनि अन्य परिवारले भने राहत पाउन सकेका छैनन् । पुनःस्थापनाको माग गरेका उनीहरुले कसैले समस्याको सुनुवाइ नगरेको बताएका छन् । गैरसरकारी क्षेत्रबाट आउने राहत पनि यस दुर्गम लेक बस्तीमा आउन नसकेको उनीहरुको गुनासो छ । 

स्थानीय जनप्रतिनिधिले पनि गाउँलेको पुनःस्थापनाका लागि कुनै कदम नचालेको प्रभावितले आरोप लगाएका छन् । वडा नं १ का वडाध्यक्ष इन्द्र मल्लले गाउँपालिकामार्फत जिल्ला दैवी प्रकोप उद्धार समितिमा पुनःस्थापनाका लागि माग सहितको ध्यानाकर्षण गराइएको बताउनुभयो । उहाँले गाउँलाई नयाँ सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुको विकल्प छैन भन्नुभयो । 

सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले पुनःस्थापनाका लागि प्राविधिक अध्ययनको तयारी भइरहेको जानकारी दिनुभयो । जलउत्पन्न प्रकोप र जिल्ला भू–संरक्षण कार्यालयले प्राविधिक अध्ययन गरेपछि काम अघि बढ्ने उहाँले बताउनुभयो । “बस्ती नयाँ ठाउँमा बसाउनुपर्ने अवस्था छ, प्राविधिक अध्ययन प्रतिवेदन आएपछि केन्द्रसँग समन्वय गरेर अघि बढ्छौँ” सहायक प्रजिअ गिरीले भन्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड