Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
September 12, 2017 बैतडी - BTD, समाज

बैतडीका रामदत्तको ढुंगाले च्यापेर भारतमा मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २७, बैतडी । ढुंगाले च्यापेर भारतमा सडक मजदुरका रुपमा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका–६ शंकरपुरका २४ वर्षीय रामदत्त अवस्थी रहेका छन् ।

सोमबार बेलुका भारतको उत्तराखण्डको धारचुला नजिक बालुवाकोटमा सडकमा काम गरिरहेका बेला माथिबाट खसेको ढुंगाले च्यापेर उनको घटनास्थलमै ज्यान गएको मृतकका आफन्त महेश भट्टले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागी धारचुलास्थित एक अस्पतालमा राखिएको छ । शव परीक्षणपछि आफन्तलाई बुझाइने बताइएको छ । रासस