2026-10-18 02:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेह्रथुममा वडा र सहकारीलाई रु ४४ लाखको जग्गादान

भदौ २८, तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडा वडा कार्यालयको भवन निर्माणका लागि निःशुल्क दुई रोपनी जग्गा उपलब्ध भएको छ । 

अर्पेट एण्ड कम्पनी, दमकका सदस्य भैरव सिटौलाबाट वडा कार्यालयलाई करिब रु ३२ लाख मूल्य बराबरको जग्गादान भएको वडाध्यक्ष तेजप्रसाद कन्दङवाले जानकारी दिनुभयो । उपलब्ध भएको जग्गालाई नापजाँच गरी कार्यालयको भवन निर्माण प्रक्रिया शुरु गर्ने वडाध्यक्ष कन्दङवाले बताउनुभयो । 

यस्तै, आठराई गाउँपालिका–६, चुहानडाँडामा रहेको चुहानडाँडा बचत तथा ऋण सहकारी संस्थालाई पनि कम्पनीका सदस्य सिटौलाले आठआना जग्गादान गर्नुभएको छ । सहकारीको कार्यालय भवन निर्माणका लागि करिब रु १२ लाख बराबरको जग्गादान गर्नुभएको सहकारी संस्थाका सचिव परशुराम तिवारीले जानकारी दिनुभयो । 

सहकारीलाई प्राप्त भएको जग्गामा भवन बनाउन स्रोत खोजिने संस्थाका सचिव तिवारीले बताउनुभयो । अर्पेट एण्ड कम्पनीले आठराईमा जग्गा खरिद बिक्रीको कारोबार गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु