२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भिजिट भिसाको नयाँ ‘ट्रान्जिट’ दिल्ली: ४७ महिलाको उद्धार गरि नेपाल फर्काइँदै

२०८२, ९ श्रावण बिहीबार १७:३२

काठमाडौँ | काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएपछि मानव तस्करहरूले ‘दिल्ली रुट’ प्रयोग गरेर विदेश पठाउन लागेका ४७ जना नेपाली महिलालाई भारतबाट उद्धार गरिएको छ। बुधबार साँझ दिल्लीस्थित विमानस्थलबाट उनीहरूलाई उद्धार गरी नेपाल ल्याइँदैछ।

सरकारी उच्च स्रोतका अनुसार, भिजिट भिसामा खाडी मुलुक पठाउन लागिएका ती महिलाहरूलाई दिल्लीस्थित नेपाली राजदूतावासको पहलमा उद्धार गरिएको हो। ‘नेपाली महिलाहरूलाई दिल्ली विमानस्थलबाट उद्धार गरिएको छ,’ सरकारी उच्च स्रोतले भन्यो।

उद्धार गरिएका महिलाहरूलाई काठमाडौं नल्याई भैरहवा ल्याइने र त्यहाँस्थित सुरक्षित गृह (सेफ हाउस) मा राखेर मनोपरामर्श (काउन्सिलिङ) दिइने तयारी छ। ‘उनीहरूलाई नेपाल ल्याएर सेफ हाउसमा राखी काउन्सिलिङ गर्छौं,’ स्रोतले भन्यो।

किन प्रयोगमा आयो दिल्ली रुट ?

भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी बढेको गुनासोपछि गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा व्यापक सुधारको कदम चालेको छ।

मन्त्रालयले त्यहाँ कार्यरत पुराना कर्मचारीहरूको ‘सेटिङ’ तोड्न लोकसेवा आयोगबाट हालै सिफारिस भएका ४४ जना नयाँ अधिकृतहरूलाई खटाएको छ।

विमानस्थलमा कडाइ भएपछि ट्राभल एजेन्सीहरूले सेटिङ मिलाएर नेपालीलाई विदेश पठाउन नसक्ने अवस्था आएको छ। यही कारण तस्करहरूले काठमाडौंको सट्टा भारतको दिल्लीलाई नयाँ ‘ट्रान्जिट’ का रूपमा प्रयोग गर्न थालेको यो घटनाले पुष्टि गरेको छ।

यसैगरी, अध्यागमन विभागले विमानस्थलमा सर्भर डाउन भएको बहानामा शंकास्पद गतिविधि हुन नदिन साउन १ गतेदेखि वैकल्पिक ‘डाटा सेन्टर’ समेत स्थापना गरेको छ। यसले गर्दा सरकारी एकीकृत डाटा सेन्टर (जिआइडिटी) मा समस्या आए पनि विमानस्थलको सेवा प्रभावित नहुने विभागले जनाएको छ।

गृह मन्त्रालयले विमानस्थलको अध्यागमनमा सुधार ल्याउन ४४ जना नयाँ कर्मचारी खटाएको छ। जसमा अधिकृतहरू अनिल चापागाईं, टामन सिग्देल, दीपेन्द्रप्रसाद आचार्य, रोशन गुरागाईंलगायत छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी