२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममै पहिलोपटक बयालपाटा अस्पतालमा हड्डीको सफल प्रत्यारोपण

२०७४, २८ भाद्र बुधबार १५:४०

पूर्णबहादुर खड्का/भदौ २८, बयालपाटा । डोटी जिल्लाको दिपायल सिलगुढी नगरपालिका वडा नम्बर १ कि ४० बर्षकी कृष्णा बिस्टको ५ बर्ष अघि लडेर दाहिने खुट्टाको हड्डी भाचियो । 

 कृष्णा बिष्टको ५ बर्ष अघि भाँचिएको दाहिने खुट्टा । 

आर्थिक अवस्था कम्जोर भएकी कृष्णालाई खुट्टा भाँचिएपछि उपचार गर्न समस्याले पिरोल्यो । पछि जसो तसो गरेर पैसा जम्मा गरी उपचार गर्न उनि धनगढी गईन, धनगढी गएपछि उनको अत्तरियामा सल्यक्रिया पनि भयो । 

सल्यक्रिया हुदाँ करिब १ लाखको हारा हारीमा पैसा खर्च पनि भयो । तर ५ बर्षसम्म हड्डी राम्रोसंग जोडियन, उहालाई हिड्न पनि धेरै गार्हो हुन थाल्यो, दाहिने खुट्टा बांगे भएर दुखाई पनि बढ्न थाल्यो, यस्तो सम्सयाले उनलाई सधैँ पिरोलिरह्यो । केही समय अगाडी बयालपाता अस्पतालमा हाडजोर्नीको सेवा निशुल्क हुन्छ भन्ने समाचार प्रकाशित भएको उनले सुनेर उनि भाद्र २६ गते बयालपाटा अस्पताल पुगिन ।

उनलाई सल्यक्रिया गर्नु पर्ने भएकाले अस्पतालले २६ गते नै भर्ना गर्यो । भर्ना भएको एक दिन पछि उनको सल्यक्रियाको गरियो । सफल सल्यक्रिया भएपछि उनले भनिन् यस्तो निशुल्क सेवा मैले नजिकै छिमेकी जिल्लामा पाएको भन्दै खुशी व्यक्त गरिन् । 

उनको सफल सल्यक्रिया गर्न बयालपाटा अस्पतालका हाडजोर्नी बिशेषज्ञ डा. मन्दीप पाठक नेतृत्वको टोली सहभागी भएको थियो । उनको शरीरको अन्य भागबाट हड्डी झिकी भाचिएको ठाउँमा प्रत्यारोपण गरिएको हार्डजोर्नी बिशेषज्ञ डाक्टर मन्दिप पाठकले बताउनु भयो । 

यस्तो खालको सल्यक्रिया बयालपाटा अस्पतालमा पहिलो पटक भएको चिकित्सा सेवा तथा शिक्षाका निर्देशक डा. विकास गौचनले बताउनु भयो । उहाकाँ अनुसार कृष्णाको सल्यक्रिया गर्दै गर्दा जटिल अबस्थाको गर्भवती पनि आएको कारण उहाको पनि अर्को 


सफल अप्रेशन भएपछिको खुट्टा । 

अस्थाई अपरेशन कक्ष बनाई सल्यक्रिया गरि आमा र बच्चाको ज्यान पनि बचाउन सफल भयो । 

यस्तो एकैसाथमा दुईवटा अप्रेशन बिरलै मात्रामा हुने गरेको पाईन्छ । जटिल खालका  दुईवटा महत्वपूर्ण अप्रेशन एकैपटक भएको पनि बयालपाटा अस्पतालमा यो पहिलो पटक भएको अस्पतालले जनाएको छ । सल्यक्रिया गर्नमा अस्पतालका डा. विकास गौचन, डा. पवन अग्रवालका साथै उदय छेत्री, नर्सहरु राजेश्वरी चौधरी र कन्चन चौधरी लगायतको टिम रहेको थियो । 



 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ