2026-07-26 04:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब बैदेशिक रोजगारीमा जाने कामदारसँग म्यानपावरले नगद लिन नपाउने

भदौ २८, काठमाडौं ।  बैदेशिक रोजगारीमा जान चाहने हरेक नेपाली कामदारको चाहना छ कि बैदेशिक रोजगारीमा जाँदा  सरकारले तोकेभन्दा बढी पैसा दिन नपरोस् तर आजसम्म म्यानपावरले कामदारसँग तोकेभन्दा कयौं गुणा बढी पैसा अशुलेर ठगि गरिरहेका छन् ।

ठगि पनि यति हदसम्म कि खुलम-खुला ठगिंदा समेत सिंगो जिम्मेवार संयन्त्र मौन छ ।  सरकारले २ बर्ष अघि नै खाडी सहित ७ स्थानमा न्युनतम १० हजार शुल्कमा पठाउने नीति लिएको भएपनि कामदारले भने त्यसको १० गुणाभन्दा बढी पैसा तिरेर १० हजारको रसिदमा विदेश जान बाध्य छन् ।  त्यसमापनि कुनै कारणले फर्किनुपरे स्वदेशमा क्षेतीपूर्ति माग्दा कामदारलाई समस्या पर्ने गरेको छ । 

अब भने वैदेशिक रोजगार ऐनको मस्यौदा संसोधित भएर नीतिगत रुपमा लागु भएमा म्यानपावरले कामदारसँग मोटो रकम लिने सम्भावना टुट्ने भएको छ । संशोधन भई अब लागु हुने वैदेशिक रोजगार ऐनको मस्यौदा अनुसार म्यानपावरबाट हुने कारोबार पूर्ण रुपमा बैंकिङ माध्यमबाट हुनुपर्नेछ । यसको मतलव विदेश जाने कामदारसँग म्यानपावरले सिधै हात-हाती पैसा लिन पाउने छैन । यदी लिएमा त्यो गैरकानुनी हुनेछ ।

साथै नयाँ व्यवस्था लागु भएमा म्यानपावरले लिखित रसिद काटेर कामदारसँग रकम बुझ्ने अवस्थाको पनि अन्त्य हुनेछ । प्रस्तावित ऐन जस्ताको त्यस्तै पारित भएमा म्यानपावर व्यावसायीले वैदेशिक रोजगारीमा जाने कामदारहरुसँग गर्ने सबै कारोबारलाई बैंकिङ प्रणालीमा आउनेछ । यसले बैदेशिक रोजगारीमा हुने ठगि नियन्त्रण हुने विश्वास गरिएको छ । 

कामदारले म्यानपावरलाई बुझाएको रकमको बैंक रसिद अनिवार्य  बैदेशिक रोजगार बिभागमा समेत उपलब्ध गराउनुपर्नेछ । 

त्यस्तै नयाँ ऐन अनुसार वैदेशिक रोजगारीमा हुने ठगिको मुद्धा सिधै जिल्ला प्रशासन कार्यलयले पनि हेर्न सक्नेछ । प्रमुख जिल्ला अधिकारीले म्यानपावर एजेन्ट र म्यानपावरबाट हुने ठगीको उजुरीमाथि सुनुवाइ गर्ने, अनुगमन गर्ने र मिलाउन सक्ने गरी ऐनले अधिकार प्रत्यायोजन गर्न प्रस्ताव गरिएको छ । यसरी जिल्लालाई नै अधिकार दिँदा ठग गर्नेहरुहरुलाई कानुनी कारवाहीमा सहयोग मिल्नुको साथै कामदारले आफ्नै जिल्लामा उजुरी गर्दा पनि न्याय पाउनेछन्  ।  यसअघि बैदेशिक रोजगारीको ठगिको बिषयलाई बैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार न्यायाधीकरणले मात्रै हेर्दै आएको छ ।

अब उक्त नयाँ मस्यौदालाई मन्त्रिपरिषदले पारित गरेमा कानुनकै रुपमा कार्यान्वयनमा अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली