2026-09-19 12:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बस र जिप ठोक्किँदा पाँच घाइते, दुई जनाको अवस्था गम्भीर

भदौ २८, बैतडी । दशरथचन्द नगरपालिका–२ देहिमाडौँ बजार नजिक आज दिउँसो बस र जिप आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । 

बैतडी सदरमुकामबाट पाटनका लागि छुटेको ना २ ख ७६०६ नम्बरको बस र सतबाँझबाट सदरमुकामका लागि छुटेको म १ ज १२९ नम्बरको जिप देहीमाडौँ बजार नजिक घुसल्ला मोडमा ठोक्किँदा दशरथचन्द नगरपालिका–१ का डम्मरदत्त भट्ट र बर्दिया शिवपुर–५ घर भई हाल गुरुखोला स्वास्थ्यचौकीमा कार्यरत अनमी टीका दाहाल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । 

गम्भीर घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि कााठमाडौं पठाइएको छ । सामान्य घाइते भएका दशरथचन्द नगरपालिका ६ का ध्वजराम लुहार, ४ का भानी ऐर र गोमती ऐरको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो