२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

हुमाचन्द्रले टुहुरा बनेका नावालक दाजुवहिनीको पढाइ खर्च व्यहोर्ने

२०७४, २९ भाद्र बिहीबार ११:५३

शंकर के सी।भदौ २९, दाङ। दुर्घटनामा एकसाथ आमाबुवा गुमाएका दाङ शान्तिनगरका नावालक दाजुवहिनीलाइ हुमाचन्द्र बोर्डिङ स्कुलले पढाउने जीम्मा लिएको छ । टुहुरो र वेसहारा बनेका साढे तीन वर्षिया सिम्रन केसी र आठ वर्षिय प्रयत्न केसीलाइ शान्तिनगर ३ स्थीत हुमाचन्द्र बोर्डिङ स्कुलले पढाइ शुल्क, किताव, कापी, ड्रेस खर्च व्यहोर्ने जनाएको हो ।


कमजोर आर्थीक अवस्थाको परिवार रहेको दुइ नावालकका आमा सिता केसी र बुवा ढक बहादुर केसीको सवारि दुर्घटनामा मृत्यु भएपछि ठूलो समस्यामा परेका नावालक दाजुवहिनीको पढाइको जीम्मा लिएको बोर्डिङ स्कुलका सञ्चालक निम बहादुर केसीले जनाए ।

‘सिम्रन र प्रयत्नको जीवनमा कलीलो उमेरमै ठूलो बज्रपात आइप¥यो, यतिखेर सहयोगको खाँचो छ,’ सञ्चालक केसीले भने–‘हामीले हाम्रो ७ कक्षा सम्म संचालन भएको स्कुलमा पढाइ खर्च सबै व्यहोर्ने निर्णय गरेका छौं ।’

उनले दुइ नावालको लालन पालनका लागी सहयोगी मनहरुको आवश्यकता रहेको पनि बताए । आमाबुवाको मृत्यु पछि सिम्रन र प्रयत्नको घरमा हजुर आमा, ठूलो बुवा र ठुलीआमा छन् ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ