2026-09-13 04:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टेस्लाले मस्कलाई किन रोक्न खोज्दैछ?मस्कलाई रोक्न ९ करोड ६० लाख शेयरको प्रस्ताव

काठमाडौँ । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई पदमा टिकाइराख्न करिब २९ अर्ब डलर बराबरको नयाँ पारिश्रमिक प्याकेज प्रस्ताव गरेको छ । मस्कको पुरानो पारिश्रमिक प्याकेज सम्बन्धी कानुनी लडाइँ चलिरहेका बेला कम्पनीले उनलाई ‘प्रोत्साहन’ दिन ९ करोड ६० लाख कित्ता प्रतिबन्धित शेयर दिने निर्णय गरेको हो ।

गत वर्ष डेलावेयरको एक अदालतले मस्कको ५० अर्ब डलरभन्दा बढीको पारिश्रमिक प्याकेज खारेज गरेको थियो । अदालतले उक्त सम्झौता त्रुटिपूर्ण, शेयरधनीका लागि अन्यायपूर्ण र यसको संरचनामा मस्कको अनुचित प्रभाव रहेको तर्क गरेको थियो । शेयरधनीले दुई पटकसम्म यो ठूलो क्षतिपूर्ति स्वीकृत गर्न मतदान गरे पनि न्यायाधीशले आफ्नो निर्णयलाई सदर गर्दै यसमा रोक लगाएकी थिइन् ।टेस्लाले उक्त निर्णयविरुद्ध डेलावेयरको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

 

अहिले कम्पनीले यो नयाँ पुरस्कार स्वीकृत गर्न शेयरधनीलाई आग्रह गरेको छ । कम्पनी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्समा बजारको लिडर बन्ने सङ्घारमा छ । यसका लागि मस्कको नेतृत्व आवश्यक हुने कम्पनीको तर्क छ ।

यद्यपि, टेस्लाको वर्तमान अवस्था पहिलेभन्दा निकै कमजोर देखिएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई मस्कको समर्थन, हजारौं सङ्घीय कर्मचारीलाई बर्खास्त गर्ने र मानवीय  सहायता कार्यक्रम रद्द गर्ने उनको प्रयासले राष्ट्रव्यापी विरोध प्रदर्शन निम्त्याएको छ । यसैका कारण कम्पनीको बिक्रीमा भारी गिरावट आएको छ । यस वर्ष मात्रै टेस्लाको शेयर मूल्य २० प्रतिशतभन्दा बढीले घटेको छ ।

यति हुँदाहुँदै पनि टेस्लाको सञ्चालक समिति मस्कको निरन्तर संलग्नतालाई कम्पनीको भविष्यका लागि अत्यावश्यक ठान्छ । यसै वर्षको सुरुमा सञ्चालक समितिले अध्यक्ष रोबिन डेनहोम र सदस्य क्याथलिन विल्सन-थम्सनको एक विशेष समिति गठन गरेको थियो । उक्त समितिलाई मस्कलाई क्षतिपूर्ति दिने नयाँ तरिका खोज्ने जिम्मा दिइएको थियो । बोर्डको दाबी अनुसार मस्कले ‘विगत आठ वर्षदेखि कुनै अर्थपूर्ण क्षतिपूर्ति पाएका छैनन् ।’

डेनहोम र विल्सन-थम्सनले शेयरधनीलाई लेखेको पत्रमा भनेका छन्, “हामीलाई थाहा छ, एलन मस्कका सय थरी काम छन्, उनको ध्यान अन्त पनि जान्छ । तर हामीले उनलाई यति ठुलो पुरस्कार (बोनस) किन दिंदैछौं भने उनी टेस्ला छोडेर नजाउन्, यहीँ ध्यान देउन, हाम्रो लगानीको मूल्य बढाइदेउन र राम्रा-राम्रा कर्मचारीलाई पनि कम्पनीमै राखुन् ।”

यदि अदालतले मस्कको सन् २०१८ को पारिश्रमिक प्याकेजलाई पूर्ण रूपमा पुनर्स्थापित गरेमा यो नयाँ अनुदान रद्द हुनेछ । यसरी नयाँ प्याकेज रद्द हुनेसाथ उनले ‘दोहोरो भुक्तानी’ पाउँदैनन् । यो नयाँ शेयर स्वीकार गरेमा मस्क सन् २०२७ सम्म टेस्लाको प्रमुखको रूपमा सेवा गर्न सहमत हुनेछन् । शेयरधनीले ६ नोभेम्बरमा हुने कम्पनीको वार्षिक साधारण सभामा यो नयाँ सम्झौतामा मतदान गर्नेछन् ।

वर्षौंदेखिको तीव्र वृद्धिपछि टेस्लाको गतिमा आएको अवरोधले धेरै लगानीकर्ता र समर्थकलाई चकित बनाएको छ । मस्क राजनीतिमा गहिरिँदै जाँदा लगानीकर्ताले उनीप्रति रुष्ट छन् । मस्कले नै सुरु गरेका टेस्ला र यसका महँगो तथा विवादास्पद परियोजना जस्तै स्वचालित कार र ह्युमनोइड रोबोटमा ध्यान केन्द्रित गर्न उनीहरीले आग्रह गरिरहेका छन् ।

मस्क हाल टेस्लामा १३ प्रतिशत शेयरसहित सबैभन्दा ठूला शेयरधनी हुन् । तर, उनले कम्पनीको लक्ष्यमाथि थप प्रभाव पार्न कम्पनीमाथि थप नियन्त्रण चाहेको बताएका छन् । हालैको एक बैठकमा मस्कले भने, “मेरो नियन्त्रण यति थोरै छ कि सक्रिय शेयरधनीले मलाई सजिलै हटाउन सक्छन् । मलाई लाग्छ टेस्लालाई सही दिशामा लैजान मेरो नियन्त्रण पर्याप्त हुनुपर्छ तर यति धेरै पनि होइन कि यदि म पागल भएँ भने मलाई हटाउन नसकियोस् ।”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले