२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

लोडसेडिङ सूचना सार्वजनिक गर्ने कर्मचारी ‘लखेटिए’

२०८२, २२ श्रावण बुधबार १३:५५

काठमाडौँ | नेपाल विद्युत प्राधिकरणले ‘लोडसेडिङ’को तालिका सार्वजनिक गर्ने कर्मचारीलाई विभागीय कारवाही गरेको छ । चितवनस्थित चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठलाई नवलपरासीको कावासोती वितरण केन्द्रमा सरुवा गरिएको हो ।

श्रेष्ठले साउन १० चितवनका विभिन्न ठाउँमा ‘सिस्टम अपग्रेड’ गर्न लागिएको र विद्युत आपूर्ति रोकिने जानकारी गराउँदै एक सूचना जारी गरेका थिए । तर उक्त सूचना ‘लोडसेडिङ’ तालिकाको रुपमा प्रचारित भयाे ।

‘लोडसेडिङ’कै झल्को दिनेगरी सूचना सार्वजनिक भएको दुई दिनपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्वमं चनौली पुगेका थिए । त्यतिबेला वितरण केन्द्र प्रमुख श्रेष्ठले शाक्यसँग भेट गर्ने कुनै रुची देखाएनन् ।

वितरण केन्द्रका अन्य इन्जिनियरहरुले शाक्यलाई सिस्टम अवलोकन गराएका थिए । त्यतिबेलै कार्यकारी निर्देशकको कर्के नजरमा परेका श्रेष्ठ अन्तत: सरूवामा परेका हुन् ।

कर्मचारी सरुवा कार्यालयको नियमित विषय भए पनि श्रेष्ठको हकमा भने एमडी सन्तुष्ट नभएकै कारण यो निर्णय लिइएको त्यहाँका एक कर्मचारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन