२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुनसरीमा बस र माइक्रो ठोक्किदा दुर्घटना: मृत्यु हुनेको संख्या चार जना,२३ जना घाइते

२७ श्रावण २०८२, सोमबार १३:२६

काठमाडौँ | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । २३ जना घाइते भएका छन् ।

सुनसरीको भोक्राहा-नसिंह गाउँपालिका–३ जलुवा टोलमा झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो झमबार बिहान ठोक्किएको थियो ।

 

दुर्घटनामा घाइते भएका २७ जनामध्ये चार जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतक तीन जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा सप्तरी मधावे गाउँपालिका– ६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल र सुनसरीको कोशी गाउँपालिका– ६ का ७० वर्षीय लक्ष्मण सदाको मृत्यु भएको हो । अर्का मृतक विराटनगरका अशोक यादवको भएको खुलेको छ । मृतक महिलाको भने पहिचान खुलेको छैन ।

 

घाइतेको विवरण मोरङ सुन्दरहरैँचा नगरपालिका– ९ का अम्बिका राई , खोटाङ रावावेसि गापा– २ बस्ने निरुता परियार, खोटाङ रावावेसि गापा– २ का ३८ वर्षीय निर्मल परियार ,सप्तरी मन्धेव गापा– ६ बस्ने रबिन्द्र प्रसाद मण्डल ,उदयपुर चौदण्डिगढी नगरपालिका– ५ का ५० वर्षीया रेनुका श्रेष्ठ, झापा शिबसताक्षी नगरपालिका– ५ का ३८ वर्षीय खगेन्द्र थापा, भद्रपुर नगरपालिका– ९ का ५३ वर्षीयको सन्तोष खत्री , उदयपुर बेलस्रोत नपा– १ का २० वर्षीय दिपक बिक , ईलाम चुलाचुली गापा– ३ का ३६ वर्षीय सविन राई , सप्तरीका रविन्द्र मेहता, सप्तरीका ६८ वर्षीय जिवछ महात्मा, खोटाङ हलेसी तुवाचुङ नपा १० का ८४ वषीय नेत्रलाल गिरी , नेत्रलाल गिरीको छोरा ३९ वर्षीय केदार गिरी,झापा अर्जुनधारा नपा १ साजनटारका सत्य राई , सप्तरी राजविराज– ६ का प्रकाशकुमार रायको छोरा १० वर्षीय रुद्र राय, मोरङ विराटनगर– १० का ४८ वर्षीया सोभा यादव , सप्तरी राजविराज– १२ का ४४ वषीृय प्रमोद रजक , सप्तरीकै तिलाठी– ५ का २२ वर्षीय रवि राय , सप्तरी राजविराज– २ का २४ वर्षीय भोला यादव,सप्तरी राजबिराजका ३५ वर्षीय प्रदिप यादव , सुनसरी कोशी गाउँपालिका–– ०६ श्रिपुर बस्ने ६० वर्षीय जोगिन्द्र दास, सप्तरी डाक्नेश्वरी– ३ का ३० वर्षीया अमृता राय , सप्तरी राजविराज– ४ का २१ वर्षीय सन्तोष बास्तोला ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट