२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

वाक नेपाल साफेबगरको २०औँ साधारण सभा सम्पन्न

३१ भाद्र २०७४, शनिबार ०२:५१

कमल रावल/भदौ ३१, अछाम । पहुच र सृजनाका लागि सहकार्य नेपाल वाक नेपाल साफेबगरको २० औँ साधारण सभा सम्पन्न भएको छ । 

समृद्ध समाजको सृजना वाक नेपालको चाहाना, दिगो विकासका लागि संविधानको पूर्ण कार्यान्वयन हाम्रो कामना भन्ने मुल नाराका साथ केन्द्रिय कार्यालय साफेबगरमा भएको साधारण सभामा साफेबगर नगरपालिकाका नगरप्रमुख कुल बहादुर कुवर प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथिको आशनबाट बोल्दै कुँवरले जनतालाई आत्मनिर्भर बनाउन संस्थाको अतुलनिय योगदान रहेको बताउनु भयो । 

काम नगरि कागजी रुपमा काम गरेर देखाउने झोले संस्था साफेबगर यसअघि थुप्रै भेटिएकाले आगामि दिनमा आफुले कारबाही गर्ने बताउनु भयो । वाक नेपालले जिल्लामा छुट्टै पहीचान बनाउन सफल भएकाले अझै जनतामैत्रि बन्दै जानु पर्ने सुझाव दिनु भएको थियो । अहिले सस्था सामाजिक रुपमा उभिन सफल भएको र वाक नेपालले निकै महत्वपूर्ण काम गरेको बताउनु भयो । अगामि दिनमा आफनो नगरले पनि समुदायको हितमा काम गर्ने संस्थाहरु संग मिलेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो । 

वाक नेपालका अध्यक्ष मीन बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि गैर सरकारी संस्था महासंघ अछामका अध्यक्ष खडक खड्का रहनु भएको थियो । 

कार्यक्रममा जिल्ला समुन्वय समिति सदस्य लक्ष्मी शाह, नेकपा एमालेका सुरेश कुवर, नेकपा माओबादिका सुरत भुल, वडा नम्बर ९ का  अध्यक्ष धुव्र्र थापा, वडा नम्बर ४ का वडा सदस्य राजेन्द्र बिक, खप्तड गुल्मका महेन्द्र  बम, प्रहरी कार्यालय साफेबगरका दिपक गिरि, सेवक नेपालका ललित वोगटि, वाक नेपालका हस्त कडायत, सुशिला बोगटि लगाएतले शुभकामना राख्नु भएको थियो । 

सस्थाको मुल्यांकन कार्य सम्पादनको आधारमा वाक नेपालका कर्मचारी चेतराज जोसि, टंकेश्वरि ढुंगाना, माहादेब ओझा, तित बहादुर बिक, सुरेन्द्र रावल, राजेन्द्र बोहरालाई खादा दोसल्ला प्रमाण पत्रसहित सम्मान गरिएको थियो । 

दिगो जिबिकोपार्जन, स्वस्थ्य र दिर्घ जीवन, शिक्षा, बिपत, शुसासन, अधिकार, लक्षित समुदायको स्तरमा सुधार ल्याउन विभिन्न क्षेत्रमा काम गरिएको बताएको छ । 

कार्यक्रमको बार्षिक प्रगति प्रतिबेदन वाक नेपालका कार्यकारि निर्देशक देबिलाल उपाध्यायले बार्षिक आर्थिक बर्ष २०७३।०७४ को आम्दानि खर्चको विवरण प्रस्तुत गरिएको थियो । वाक नेपालका उपाध्यक्ष बल बहादुर केशिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिब ममिन मियाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने