2026-08-27 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गोली हानि हत्या गरेर फरार भएका अभियुक्त दश वर्षपछि पक्राउ

भदौ ३१, इनरुवा । सुनसरीका देवनन्दन मेहताको हत्या गरेर फरार एक अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेर शुक्रबार सार्वजनिक गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीले साविक कप्तानगञ्ज गाविस–६ का मेहताको हत्या गरेर फरार रहेका तीन अभियुक्तमध्ये भारत, अररिया जिल्ला नवागञ्ज गाउँ पञ्चायत कोसकापुरका अल्लाउदिन मियाँलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो । 

मियाँलाई २०६५ साल कात्तिक ९ गते मेहतालाई गोली हानेर हत्या गरी फरार भएको अभियोग लगाइएको छ । प्रहरीले खोजअनुसन्धान जारी राखेका बेला जिप्रका सुनसरी र इप्रका देवानगञ्जको टोलीले सीमामा लुकीछिपी बस्दै आएका मियाँलाई पक्राउ गरेको हो । 

अभियुक्त मियाँलाई सुनसरी जिल्ला अदालतबाट कानूनअनुसार म्याद थप गरी अनुसन्धान जारी रहेको छ । माझीले अभियुक्त मियाँ हत्यामा संलग्न रहेको पुष्टि भएको र थप फरार पाचु मियाँ र कमाल मियाँको पनि खोजी भइरहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल