2026-10-18 01:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेह्रथुमका द्वन्द्वपीडितलाई पाँच करोड राहत वितरण

भदौ ३१, तेह्रथुम । दशवर्षीय सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका र पीडितका परिवारलाई रु पाँच करोडभन्दा बढी राहत वितरण भएको छ । 

जिल्लाका १९० द्वन्द्वपीडितलाई रु पाँच करोड एक लाख राहत रकम वितरण गरिएको प्रजिअ वेदनिधि खनालले बताउनुभयो । द्वन्द्वकालमा प्रभावित व्यक्ति तथा परिवारको निवेदनका आधारमा स्थानीय शान्ति समिति र जिल्ला प्रशासन कार्यालयको सिफारिसअनुसार कार्यदलको प्रतिवेदनमा नाम समावेश भएका द्वन्द्वपीडितलाई राहतस्वरुप आर्थिक सहायता दिइएको हो । कार्यदलको प्रतिवेदनअनुसार सशस्त्र द्वन्द्वमा मारिएका सर्वसाधारण ७१, सुरक्षाकर्मी नौ र कर्मचारी एकका परिवारलाई यसअघि दिइएको रकममा थप गरी रु १० लाख पु¥याइएको छ । 

उक्त ८१ जनामध्ये ७८ मृतकका परिवारले मात्र राहत रकम लिएका छन् । बाँकी तीन जनाको परिवार भने सम्पर्कमा नआएको स्थानीय शान्ति समितिका संयोजक देवनारायण सम्बाहाम्फेले बताउनुभयो । 

सशस्त्र द्वन्द्वकै क्रममा बेपत्ता भएका चारमध्ये दुई जनाको परिवारलाई यसअघि नै रु पाँच लाख उपलब्ध गराइएको र थप रु पाँच लाख बेपत्ता व्यक्तिका हकदारलाई प्रदान गरिएको उहाँले बताउनुभयो । बाँकी दुईजना भने जीवितै भेटिएकाले उनीहरुका नाममा आएको राहत रकम फिर्ता भएको छ । 

त्यसैगरी द्वन्द्वका समयमा राज्यपक्ष तथा तत्कालीन विद्रोही पक्षबाट विस्थापित १११ जनाका लागि यसअघि प्राप्त रकममा थप गरी रु २५–२५ हजार वितरण गरिएको छ । राहत वितरणलाई पारदर्शी बनाउन सबै रकम बैंकमार्फत वितरण गरिएको प्रजिअ खनालले बताउनुभयो । 

रु ४२ लाख बजेट पीडितहरु समयमा बुझ्न नआएपछि फिर्ता गएको स्थानीय शान्ति समितिले जनाएको छ । कार्यदलको प्रतिवेदनअनुसार द्वन्द्वपीडितलाई वितरण गर्न रु पाँच करोड ४३ लाख बजेट प्राप्त भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु