2026-07-24 10:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

भदौ ३१, दाङ । मोटरसाइकलको ठक्करबाट तुलसीपुरका एक व्यक्तिको मृत्यु भएको छ । 

रा२प ४३९३ नंको मोटरसाइकलको ठक्करबाट तुलसीपुर–७ मोतीपुरका ६४ वर्षीय गोरे गिरीको मृत्यु भएको हो । घाइते गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

तुलसीपुर–६ हात्तीखौवामा शुक्रबार दुर्घटनामा परी घाइते भएका गिरीको राप्ती अञ्चल अस्पतालमा उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएकामा उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ । 

मोटरसाइकल चालक तुलसीपुर–१९ का वसन्त थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि सवारी तथा यातायात व्यवस्था २०४९ अनुसार अनुसन्धान भइरहेको छ । 

ब्राउन सुगरसहित पक्राउ 

दाङ प्रहरीले तीन ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित एक जनालाई शुक्रबार पक्राउ गरेको छ । 

जिप्रका दाङका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहका अनुसार गढवा–४ निवासी अनिल पछाईलाई पक्राउ गरिएको हो । अवैध लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा पछाईलाई उनले प्रयोग गरेको रा३प ८२७९ नंको मोटरसाइकलसहित पक्राउ गरी लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । 

श्रमिक बालबालिकाको उद्धार 

यहाँको उपमहानगरले १५ श्रमिक बालबालिकालाई उद्धार गरेको छ । उनीहरुलाई प्रतिपरिवार रु १६ हजार ५०० दिइएको छ । पहिलो चरणमा पुनःस्थापना गरिने बालबालिकामा नौदेखि १५ वर्षसम्मका होटेल, ग्यारेज, ग्रिल उद्योग, इँटाभट्टा र यातायातका क्षेत्रमा श्रममा संलग्न भएकाहरु भएको उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले जानकारी दिनुभयो । 

कानूनतः १४ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउनेलाई कारबाहीको व्यवस्था भए पनि शुरुआतीमा कारबाही प्रक्रियामा नगएको तर पटक पटक अटेर गरे कानूनी प्रक्रियामा पनि उपमहानगर अगाडि बढ्ने बालसंरक्षण समितिका संयोजक नवराज लामिछानेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक