पढ्न करिब 2 मिनेट लाग्छ

चिसाङ शेर्पा | भदौ ३१, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिकको शनिबार सम्पन्न प्रथम नगर सभाले ४१ करोड २९ लाख ४८ हजार १ सय १० बिनियोजन गर्दै बजेट निति तथा कार्यक्रम पारित गरेको छ ।

नगरसभाले सबै भन्दा धेरै बजेट सडकमा २ करोड १५ लाख बिनियोजन गरेको छ भने, वडागत बजेटमा सबै भन्दा धेरै वडा नं. ५ दुर्छिम क्षेत्रलाई ५८ लाख ५० हजार बिनियोजन गरेको छ ।

नगर सभाले बिधुत, कृषि तथा स्वास्थ्य, पर्यटन प्रर्बदन तथा अध्ययन अनुसन्धान, सडक सिंचाई, मेशिन तथा सवारी, यूवा उद्यमी, सामी, भाषा साहित्य कला संस्कृति, दलित, जेष्ठ नागरिक र अपाङ्ग, महिला, हलेसी सोलार, नगर प्रोफाईल, मर्मत सम्भार कोष, एकल महिला, शिक्षा, खानेपानी, गम्भिर रोग, नगर प्रबेशद्धार र खेलकुद शीर्षकमा बजेट बिनियोजन गरेको छ ।

हलेसी तुवाचुङको नगर सभाले नयाँ शीर्षक अन्तर्गत बैदेशीक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले सामी परियोजनालाई ३ लाख बजेट बिनियोजन गरेको छ । त्यस्तै हलेसी महादेबस्थान भएको नगरपालिका भएकोले सभाले पर्यटन प्रर्बदन तथा अध्यन अनुसन्धानको लागि १५ लाख बिनियोजन गरेको छ ।

नगर सभाले निर्शत बजेटमा २५ प्रतिशतको २३ करोड ३५ लाख ३९ हजार चालु तर्फ बिनियोजन गरेको छ । निर्शत पुँजिगत तर्फ कुल बजेटको ७५ प्रतिशतको १७ करोड ५१ लाख ५४ हजार २ सय ५० रुपैयाँ बिनियोजन गरेको छ ।

सभा नयाँ संरचनामा सञ्चालन गरिएको थियो, सभामा प्रमुख अतिथि, बिषेश अतिथि कोहिलाई पनि बनाईएको थिएन । सभामा पत्रकार, नगर सभाका सदस्यहरु र कर्मचारीहरुलाई मात्र निमण्त्रणा गरिएको थियो ।

सभाको सभाध्यक्ष नगरप्रमुख ईवन राई रहनु भएको थियो भने कार्यक्रम सञ्चालन नगरपालिकाका कार्यकारी प्रमुख अनिल किराँतीले गर्नु भएको थियो ।