२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कञ्चनपुरमा उद्यान निर्माण कार्य शुरु

२०७४, १ आश्विन आईतवार ०६:४९

असोज १,कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा करिब रु ११ लाखको लागतमा उद्यान निर्माणको कार्य शुरु गरिएको छ । 

जिल्ला वन कार्यालयको रु आठ लाख ५४ हजार, नगरपालिका को रु दुई लाख र निड्स नामक गैरसरकारी संस्थाको रु एक लाख ७५ हजारको लागतमा उद्यान निर्माणको कार्यलाई अगाडि बढाएकोे हो । 

नगरपालिकाको स्वामित्वमा रहेको उद्यानमा एककोठे कार्यालय भवन, प्रवेशद्वार, शौचालय, २८० मिटर चौडाइको बोल्डर पिच, ब्याडमिन्टन कोर्ट निर्माण गरिएका छन् । उद्यानमा ८० प्रजातिका फूलका बिरुवा रोपिएको छ । 

“चार बिगाहा क्षेत्रफलमा फैलिएको उद्यानमा दुई हजार सिसौ, लिप्टिस, सागुन, बाँस, लहरेपीपल, वरलगायतका रुख प्रजातिका बिरुवा रोपेका छौँ”, उद्यान निर्माण समितिका अध्यक्ष करनसिंह ऐरले भन्नुभयो । 

उद्यानमा घेरबार राख्नका लागि यसअघि नगरपालिका र वडा कार्यालयले रु पाँच लाख खर्च गरेको थियो । 

उद्यानमा सेड हाउस, पानीका फोहरा, बालबालिका खेल्नका लागि आवश्यक सामग्री, उद्यानमा घुम्न आउनेहरुका लागि विश्रामस्थल निर्माणका लागि भविष्यमा कार्य अगाडि बढाइने नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो । 

“यसका अतिरिक्त वडा कार्यालय, सामाजिक संघसंस्थाका कार्यालय भवन र खेलकुदका लागि मैदानसमेत निर्माण गर्ने लक्ष्य लिएका छौँ”, उहाँले भन्नुभयो । 

सनवोरा नदी किनाराको एकान्त क्षेत्र भएकाले बजारको कोलाहलबाट टाढा रम्नेका लागि उद्यान गतिलो गन्तव्य हुने उहाँको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ