नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँको दरले कुल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँको दरले कुल "/>
२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१० हजार नेपालीसँग ४० अर्बको नक्कली सिक्का

२०७४, १ आश्विन आईतवार ०७:५१

नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँको दरले कुल मूल्य करिब ४० अर्ब रुपैयाँ हुन्छ । यो खबर जनार्दन र उमेशले आजको नयाँ पत्रिकामा लेखेका छन्।

‘हाम्रो अनुसन्धानले १० हजार नेपालीसँग अवैध बिटक्वाइन रहेको थाहा भएको छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले भने, ‘व्यापारी र हुन्डी कारोबारीसँगै सरकारी उच्च अधिकारीले पनि बिटक्वाइन किनेर राखेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।’

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले गत २९ साउनमा नेपालमा बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीहरू चलाउनु गैरकानुनी रहेको सूचना निकालेको थियो । केही नेपालीले इन्टरनेटको माध्यमबाट बिटक्वाइनको कारोबार गरेको बुझिएको भन्दै राष्ट्र बैंकले बिटक्वाइनको कारोबार नगर्न सर्वासाधारणलाई आग्रह गरेको थियो ।

कालोधन बिटक्वाइनमा लगानी

विगतमा अवैध रूपमा कमाएको रकम भारतीय ठूला नोटमा जम्मा गर्ने नेपालीको संख्या पनि निकै ठूलो रहेको राष्ट्र बैंकको भनाइ छ । भारतले विमुद्रीकरण गरेपछि भौतिक मुद्रामा सम्पत्ति सञ्चय गर्नु जोखिमपूर्ण भएका कारण ती मानिसले बिटक्वाइनमा लगानी गरेको अनुमान राष्ट्र बैंकले गरेको छ । बिटक्वाइन खरिद सम्पत्ति सञ्चय मात्रै होइन, लगानी पनि हो । अमेरिका, जापानलगायत विश्वका धेरै मुलुकमा बिटक्वाइनको कारोबार अवैध नभएका कारण पनि मानिसले यो मुद्रा खरिद गरी सम्पत्ति सञ्चय र लगानी गरिरहेको हुन सक्ने राष्ट्र बैंकका उच्च अधिकारीहरू बताउँछन् । त्यस्तै, सेना, प्रहरी र सरकारी कर्मचारीहरूले घुस खाएर कमाएर अवैध पैसा पनि बिटक्वाइनमा लगानी गरेको हुन सक्ने उनीहरूको अनुमान छ ।

सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग

नेपालबाट स्थायी रूपमा विदेश जानेहरूले सम्पत्ति लैजानका लागि बिटक्वाइनको प्रयोग गरेको हुन सक्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक ढुंगानाको भनाइ छ । नेपालीले विदेश जाँदा अधिकतम ५ हजार डलर मात्रै लैजान पाउँछन् । राष्ट्र बैंकले नेपाली पैसा विदेश लैजाँदा डलरको सीमा तोकेका कारण नेपालीले आफ्नो सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग गरेको पाइएको छ । नेपालबाट पुँजी विदेश लैजानसमेत पाइँदैन । ‘यस्तो अवस्थामा अमेरिकाको डिभी परेकालगायत विदेशमा स्थायी रूपमा बस्न जानेहरूले चल–अचल सम्पत्तिलाई बिटक्वाइनमा परिवर्तन गरेर लैजाने गरेको देखिएको छ,’ उनले भने । यहाँ बिटक्वाइन खरिद गरी विदेश जाने र त्यहाँ त्यो बचेर नगद प्राप्त गर्ने गरेको पनि देखिएको छ ।

हुन्डीको नयाँ तरिका ‘बिटक्वाइन’

विगतमा हुन्डीवालाले हुन्डी गर्दा यहाँ नगद लिन्थ्यो र जहाँ पैसा पठाउने हो, त्यहाँ पनि पाउनेलाई नगद नै भुक्तानी गथ्र्यो । यसो गर्दा उसले केही शुल्क पनि लिने गथ्र्यो । तर, बिटक्वाइनले हुन्डीमा पनि ‘क्रान्ति’ ल्याइदिएको छ । हुन्डीवालाहरूले पैसा पठाउन चाहनेहरू बिटक्वाइनको प्रयोगबाट अत्यन्तै कम शुल्कमा पुँजी बाहिर पठाइरहेका छन् । ‘हामी बिटक्वाइन कसले प्रयोग गरिरहेको छ भनेर सूक्ष्म अध्ययन गरिरहेका छौँ,’ ढुंगानाले भने, ‘हुन्डीमा लागेका व्यक्तिले यसको प्रयोग अत्यधिक गरेको पाइएको छ ।’

हुन्डीमा संलग्न व्यक्ति र व्यापारिक घरानाहरूले बिटक्वाइनको कारोबारलाई वैध बनाउनका लागि पनि धेरै पहिलेदखि प्रयास गरिरहेको उनले बताए । व्यापारीहरूले अवैधानिक आयातका लागि बिटक्वाइनको कारोबार धेरै गर्ने गरेका छन् । राष्ट्र बैंकका अनुसार नेपालमा रेमिट्यान्सको कारोबार गर्ने केही कम्पनीले पनि यसको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

ह्याकरले बढाए बिटक्वाइनको भाउ

पछिल्लो समय विश्वभरि साइबर हमला गरेर संसारभर तहल्का मच्चाएको ह्याकर समूहले त्यसबापतको फिरौती रकम बिटक्वाइनमा मागेपछि यसको भाउमा एक्कासि वृद्धि भएको थियो । ह्याकरहरूले विश्वका लाखौँ कम्प्युटरमा एकैपटक साइबर हमला गरेपछि शक्तिशाली राष्ट्रहरूले पनि यस विषयमा गम्भीर भएको बताएका थिए । तर, उनीहरूले बिटक्वाइनबाहेक कुनै पनि माध्यमको रकम ट्रान्सफर नलिने बताएपछि यसको भाउमा डबलभन्दा धेरैले वृद्धि भएको थियो । केही दिनअघि एक बिटक्वाइनको मूल्य ५ हजार डलरसम्म पुगेको थियो । तर, अहिले घटेर ४ हजार डलरको केही तल छ ।

ह्याकरहरूले अमेरिका, जापान, चीन, दक्षिण कोरिया, भारत, क्यानाडा, फ्रान्स, जर्मनीलगायतका विश्वका शक्तिशाली देशका कम्प्युटरमा एकैपटक हमला गरेका थिए । त्यसको फिरौतीबापत उक्त समूहले बिटक्वाइन दिनुपर्ने माग गरेका थिए । सोबापत विश्वभरका देशले बिटक्वाइन दिएपछि यसको भाउले आकाश छोएको थियो ।

चीनमा बिटक्वाइनमाथि प्रतिबन्ध

चीनले क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाएको छ। वित्तिय जोखिम बढेको भन्दै चीन सरकारले शुक्रवार क्रिप्टोकरेन्सीको एक्सचेन्ज गर्ने चिनियाँ कम्पनी केस ट्रेडिङलगायत सम्पूर्ण एक्सचेञ्जहरु तुरुन्तै बन्द गर्न निर्देशन दिएको हो । सरकारले जारी गरेको सूचना अनुसार ’कुनैपनि क्रिप्टोकरेन्सीहरु कारोवार गर्न अब चिनमा अवैध छ र यसको कारोवार गरेमा कारबाही हुनेछ,’ भनिएको छ । सूचना जारी भएपछि चीनको सवैभन्दा ठूलो साङ्घाईको विटिसी चाइनाले कारोवार बन्द गरेको छ। त्यस्तै अर्का ठूला विटक्वाइन कारोवार गर्ने कम्पनीहरु भायबिटिसी, योबबिटिसी र युनबीले पनि कारोवार बन्द गराएका छन् । यसको प्रत्यक्ष असर बिटक्वाइनको कारोवारमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ