सरकारी काम कहिले जाला घाम भन्ने उखान यतिखेर नेपाल टेलिकम संस्था पर्वत शाखामा ठ्याक्कै लागू भएको छ । नेपाल टेलिकमले वितरण गरेको एडिएसएल सेवा पटक पटक अवरुद्ध हुने गरेको छ । भनेको बेला संचारसेवा नपाउदा सेवाग्राही मर्कामा परेका छन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरकारी काम कहिले जाला घाम भन्ने उखान यतिखेर नेपाल टेलिकम संस्था पर्वत शाखामा ठ्याक्कै लागू भएको छ । नेपाल टेलिकमले वितरण गरेको एडिएसएल सेवा पटक पटक अवरुद्ध हुने गरेको छ । भनेको बेला संचारसेवा नपाउदा सेवाग्राही मर्कामा परेका छन् "/>
2026-09-19 01:47 PM
अर्थ/विकास

पर्वत टेलिकमले राम्रो सेवा नदिदा सेवाग्राही मर्कामा

सरकारी काम कहिले जाला घाम भन्ने उखान यतिखेर नेपाल टेलिकम संस्था पर्वत शाखामा ठ्याक्कै लागू भएको छ । नेपाल टेलिकमले वितरण गरेको एडिएसएल सेवा पटक पटक अवरुद्ध हुने गरेको छ । भनेको बेला संचारसेवा नपाउदा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारीले भने कुनै मतलव राख्दैनन् । 

पटक पटक अवरुद्ध एडिएसएल सेवाका कारण सेवाग्राहीह्ररु संचार सम्वन्धबाट वन्चित हुनुपरेको छ । उसो त सेवाग्राहीले दुरसंचार संस्थाका हाकिम र कर्मचारीहरुलाई नेटवर्क सेवा राम्रो भएन भनी गुनासो नगरेका भने हैनन् । सेवाग्राहीको गुनासोलाई दुरसंचारका कर्मचारीहरुले वेवास्ता गदै आएका छन् । पहिले धेरै राम्रो र विक्री हुने भनिएको टिपि लिंक राउटरमा समस्या भएको भनी कर्मचारीहरुले राउटर परिवर्तन गर्न सेवाग्राहीलाई सुझाउने गरेका छन् । दुरसंचारका केही कर्मचारीले टिपी लिंक राउटरको सट्टा सेवाग्राहीलाई नेटिस राउटर किन्न लगाउने र कमिसनको कमाउधन्दा चलाएको समेत गुनासो छ । सेवाग्राहीलाई नेटिस राउटर किन्न लगाउदा कर्मचारीलाई एक हजारदेखि पन्ध्रसय सम्म लाभ हुने स्रोतको दावी छ ।

दुरसंचार संस्थाका एडिएसएल सेवा लिने सेवाग्राहीले संचारसम्पर्कमा झमेला व्यहोर्नु परेको छ । सेवाग्राहीले संचार सेवा भएन भनी गुनासो गर्दा पनि संस्थाबाट प्राविधिक आउने गरेका छैनन् । दुरसंचार संस्थाको प्राविधिक समस्या भएमा सेवाग्राहीले कल गर्ने भनिएको १९८ नंम्वरमा सम्पर्क हुन सक्दैन । संस्थाले उचित सेवा नदिदा एडिएसएल सेवा प्रयोग गर्ने सेवाग्राहीको संख्या वृद्धि हुन सकेको छैन । सेवाग्राहीको संख्या ३०० पनि पनि छैन । यता निजी इन्टरनेट प्रदायक संस्थाको सेवाग्राहीको संख्या भने दिनानुदिन बढ्दो छ । टिपी लिंक भनिने कम्पनिको सेवाग्राहीको संख्या मात्र करीव १५ सय रहेको छ ।

 दुरसंचार संस्था पर्वत शाखामा केही महिनादेखि कार्यालय प्रमुख विहिन हुँदै आएको छ भने काम चलाउ कर्मचारीले प्रमुखको जिम्मेवारी सम्हाल्दा सेवा प्रभावित भएको बताइन्छ । संस्थामा २० वर्षदेखि कहिकतै सरुवा नभई डेरा जमाएर बसेका पुराना कर्मचारीले संस्थाको सेवा प्रभावकारी बनाउन भन्दा कमाउ धन्दा चलाउन खोज्ने गरेको आरोप छ । नेपाल टेलिकम संस्था कुश्मा शाखाका प्राविधिक केशव भुषाललाई  संस्थाको अवरुद्ध सेवाबारे जिज्ञासा राख्दा यहाँको समस्या नभई माथिबाट नै प्राविधिक समस्या भएको र अव छिटै सेवा चुस्त हुने बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो