2026-10-15 02:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

तातोपानी गाउँपालिकाको स्वास्थ्य चौकी सहयोगीको भरमा

असोज १, जुम्ला । तातोपानी गाउँपालिका स्थित लाम्रा स्वास्थ्य चौकीमा आइतबार कार्यालय सहयोगी मुनप्रसाद चौलागाई मात्र थिए । 

उहाँले स्वास्थ्य चौकीमा आएका विरामीलाई सामान्य रुघाखोकी, झाडापखला लागेका विरामीलाई सिटामोल र जीवनजल दिने काम गरिरहेका थिए । भने सामान्य चोटपटक लागेका विरामीलाई टिनीचर लगाएर व्याण्डीङ गर्ने काम गरिहेका थिए । उहाँले भन्नुभयो आज अरु स्वास्थ्य कर्मचारी आएका छैनन् । किन आएनन् भन्ने जिज्ञासामा आफुलाई जानकारी नभएको बताउनुभयो । 

दिनहु २०/३० जना विरामीहरु स्वास्थ्य संस्थामा स्वास्थ्य चेकजाचका लागि आउने गर्दछन् । मौसम अनुसार स्वास्थ्य चौकीमा झाडापखाला, रुघाखोकी, दम, ज्वारो टाउको दुख्ने जस्ता विरामीहरु नियमित आउछन् उहाले भन्नुभयो । स्वास्थ्य चौकीका इन्र्चाज गोपाल गिरीले जानकारी गराएर आफु आजको दिन स्वास्थ्य संस्थामा नगएको स्वीकार्नुभयो । उहाँले भन्नुभयो अनमी शान्त शाह तालिममा रहेकी छन् । 

भगवती देवकोटा र निर्माण भण्डारीको बर्थिङ सेन्टरमा नाईट डियूटि हो । पदनाम् अनमी पद्मा चौलागाई विदामा बसेकी छन् । भने अहेव हिमाल न्यौपाने मासिक प्रतिवेदन बुझाउनका लागि जिल्लामा गएको इन्र्चाज गिरिको भनाई छ । 

आफु २०७३ चैत्र ९ गतेबाट सरुवा भई लाम्रा स्वास्थ्य चौकीमा आएको र पहिलेका इन्र्चाज गुरुप्रसाद चौलागाईले केही पनि बरबुझारत नगरेकाले स्वास्थ्य चौकीमा के कस्तो अवस्था छ र कसरी जाने भन्ने विषयमा अन्यौल भएको इन्र्चाज गिरिले बताउनुभयो । उहाले भन्नुभयो, अब केही दिनमा बरबुझारत गर्ने समन्वय भएको छ । स्वास्थ्य चौकीमा निशुल्क पाईने ३५ प्रकारका औषधिमध्य आईरन चौकी न्यून मौज्दात छ । 

आर.एल. सलाईन पानी, गज, कटन लगएतका औपधि सामाग्रि जिल्ला स्टोरमा पनि नभएकोले समस्या भईरहेको उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचन पछि स्थानीय तह गाउँपालिकाले नै औषधि खरिद गर्ने बजेट विनियोजन गरेकोले गाउँपालिकाले अहिले औषधि खरिद गरेको छैन । 

उक्त लाम्रा स्वास्थ्य चौकीमा बथिङ सेन्टर समेत संचालनमा रहेको छ । बथिङ सेन्टरमा खानेपानी र शौचालयको पनि अभाव छ । पानी अभावका कारण शौचालय तालाबन्दी गरिएको छ भने खानेपानीका लागि स्थानीय तहमा पहल भईरहेको स्वास्थ्य चौकी इन्र्चाज गिरिले बताउनुभयो ।                                

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता