2026-09-03 09:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोप भनेर नझुक्किनुस ! साइप्रसमा यस्तो छ रोजगारीमा जाने नेपालीको हालत

असोज २, काठमाडौं | बिभिन्न म्यानपावरले साइप्रसमा बिभिन्न डिमाण्डहरु ल्याएका छन् । म्यानपावरमा आउने अधिकांश डिमाण्डहरु यहाँको म्यानपावरले त्यहाँको म्यानपावरलाई दिने खालको हुन्छ । 

सिधा कम्पनीको लागि आउने डिमाण्डहरुमा त्यति धेरै समस्या नहुने भए पनि म्यानपावर टु म्यानपावरमा आउने डिमाण्डमा समस्या हुने गरको छ । त्यस्तै साइप्रस युरोपियन देश भएको हुँदा घरेलु कामदार तथा महिला कामदारहरु बढी आकर्षित हुने गरेका छन् । घरेलु कामदार (हाउसमेड) का रूपमा जाने कामदारले शुल्क बुझाउनु पर्दैन । घरेलु कामदार निर्देशिका २०७२ ले हाउसमेडका लागि नि:शुल्क लागतको व्यवस्था गरेको छ । तर महिला कामदारहरुलाई डिमाण्डमा निशुल्क हुने भने पनि ३ लाख भन्दा बढी लिने गरिएको पनि भेटिएको छ । 

डिमाण्डमा एजेन्ट 

नेपालबाट साइप्रस पठाउदै आएको एक म्यानपावरका अनुसार साइप्रसबाट डिमाण्ड झार्न निकै गाह्रो छ । त्यहाँको एजेन्टहरुलाई प्रति कामदार १ लाख भन्दा बढी रकम बुझाउने सम्झौतामा मात्र डिमाण्ड पाइन्छ । त्यसैले अनि बिभिन्न प्रोसेस गर्दा साइप्रस जान लागत बढ्ने गरेको छ । अर्को मुख्य कुरा के पनि छ भने साइप्रस जाने कामदारले उताको दलालाई कमिसन रकम समेत बोकेर जानुपर्ने हुन्छ । 

साइप्रसको नियामानुसार घरेलु कामदारले एउटा स्पोन्सर मन नपर्दा तीनवटासम्म स्पोन्सर परिवर्तन गर्न पाउने कानुनी सुविधा छ । यस्तो सुबिधा त छ तर स्पोन्सर भेटिन निकै समस्या हुन्छ । नयाँ कामको खोजीमा नै समय व्यतित हुने गरेको छ भने पाए पनि फेरी एजेन्टलाई नै पैसा खर्च गर्नुपर्ने बाध्यता छ । 

म्यानपावरले साइप्रसमा भएको म्यानपावरलाई पठाउने कामदारहरुको पहिलो समस्या नै भने जस्तो काम नपाउनु हो । यहाँबाट म्यानपावरहरुले बिभिन्न मिठा सर्त र कामको आश्वासन देखाउने गरेको भएतापनि त्यहाँ समस्यामा पर्ने गरेको धेरै नेपालीको गुनाशो छ । कतिपय घरेलु कामदारको रुपमा त्यहाँ रहेका नेपालीले मालिकले सारीरिक यातना समेत दिने गरेको गुनाशो गरेका छन् । सारीरिक यातना मात्र नभई तलब समेत नदिने अर्को समस्या छ । 

 ७०% भन्दा बढी समस्यामा 

घरेलु तथा महिला कामदारको लागि निकै राम्रो भन्दै म्यानपावरहरु भन्ने गरेका छन् तर त्यहाँको समस्या भोग्नेले मात्र बुझेका छन् । सिमित महिलाहरुलाई भनेजस्तो भएता पनि धेरै महिलाहरुमा केहि न केहि समस्या छ । पछिल्लो समय साइप्रस गएका मध्ये ९०% को हाराहारीमा घरेलु कामदार छन् । त्यसमा पनि समस्यामा पर्ने कामदारको संख्या ७०% भन्दा बढी छ । 

नेपाली कामदारलाई साइप्रसमा समस्या परेको हालसालै मात्र हैन ।  यो समस्या सुरुवातदेखिकै हो ।  अघिल्लो बर्ष धेरै संचार माध्यममा यस बिषयमा समाचारहरु आएको भएता पनि सम्बन्धित निकायले त्यति चासो देखाएको छैन ।  नेपालदेखि साइप्रससम्म दलालहरुको सेटिङ हुने र त्यसमा पनि केहि सम्बन्धित निकायका कर्मचारीले समेत आर्थिक फाइदा पाउने हुनाले समस्या समाधानको प्रयास नभएको स्पष्ट छ । समस्या पर्न सक्ने बिभिन्न मिडियाले समाचार प्रसारण गर्दा समेत नेपाली कामदारहरु म्यानपावरकै आश्वासनमा लोभिदै साइप्रस पुग्ने गरेका छन् र समस्यामा पर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ