2026-09-18 11:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोस्रो नुवाकोट दशैँ महोत्सव शुरु, के-के छन् आकर्षण ?

असोज २, नुवाकोट (रासस)| विविध सांस्कृतिक मनोरञ्जनात्मक सस्तो सुलभ बजार’ भन्ने मूल नाराकासाथ आजदेखि दोस्रो नुवाकोट दशैँ महोत्सव यहाँ शुरु भएको छ । 

त्रिभुवन त्रिशूली माध्यामिक विद्यालय त्रिशूलीकोे खेलमैदानमा सञ्चालन भइरहेको उक्त दश दिने महोत्सवमा धार्मिक सांस्कृतिक, ऐतिहासिक सम्पदाको चिनारी एवं सीप, कला, कौशल र उद्यमशीलतासमेत समावेश हुने आयोजक त्रिशूली युथ स्पोर्टस क्लबले जनाएको छ । 

महोत्सवमार्फत लोपोन्मुख कला, लोकसंस्कृति र परम्परालाई जीवन्त, संरक्षण र संवद्र्धन गर्नुका साथै जिल्लामा उत्पादित कृषि एवं स्थानीय उपजको बजार मूल्यका साथ जिल्लाको समग्र व्यापारमा सघाउ पुर्याउने लक्ष्य राखिएको महोत्सव आयोजक समितिका संयोजक शिव खड्गले जानकारी दिनुभयो । 

महोत्सवमा प्राकृतिक, धार्मिक सांस्कृतिक र ऐतिहासिक सम्पदा एवं धरोहरको आन्तरिक र बाह्य बजारमा प्रचारप्रसार गरी जिल्लाको विकासका साथै जनताको जीवनस्तरमा सुधार गर्न टेवा पुर्याउने सामग्री बिक्री एवं प्रदर्शनीमा राखिएको छ । 

महोत्सवमा दशैँ पर्वलाई चाहिने चामल, चिउरा, मसला लगायतका खाद्यान्न सामग्री, खसी, बोका, ट्राउट लगायतको माछा, लत्ताकपडा, भन्सामा प्रयोग हुने भाडा लगायतको सामानमा छुट सहितको शुल्कमा उपलब्ध गराइएको छ । 

यस्तै, विद्युतीय सामग्री, मनोरञ्जन गतिविधि, पिङ, धार्मिकस्थलको भ्रमण लगायतको बन्दोबस्ती समेत मिलाइएको छ । महोत्सवमा ‘नुनदेखि सुनसम्म’ र ‘जिरादेखि हिरासम्म’ एकै स्थानमा पाइने नारासहित दैनिक उपभोग्य सामग्री् र सबै उपलब्ध रहेको आयोजकले दाबी गरेको छ । 

महोत्सवमा १६० स्टल राखिएको छ भने ५० हजार दर्शकले मेला अवलोकन गर्ने लक्ष्य लिइएको छ । कृषि उब्जनी, हस्तकलाका सामग्री लगायतका लागि निःशुल्क स्टलको समेत व्यवस्था मिलाइएको महोत्सव आयोजक समितिका सचिव बुद्धिलाल नगरकोटीले जानकारी दिनुभयो ।

सो अवसरमा सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको मेलाले सर्वसाधारणलाई पर्वका लागि सामग्री खरिदमा सहज एवं ठगिनबाट रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

“महोत्सवले उपभोक्तालाई एकै स्थानबाट अनेक सामग्री उपलब्ध गराउन सहयोग पुग्छ”, उहाँले भन्नुभयो, “स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्न महोत्सवले प्रभावकारी बनाउँछ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई