२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोस्रो नुवाकोट दशैँ महोत्सव शुरु, के-के छन् आकर्षण ?

२ आश्विन २०७४, सोमबार १७:४३

असोज २, नुवाकोट (रासस)| विविध सांस्कृतिक मनोरञ्जनात्मक सस्तो सुलभ बजार’ भन्ने मूल नाराकासाथ आजदेखि दोस्रो नुवाकोट दशैँ महोत्सव यहाँ शुरु भएको छ । 

त्रिभुवन त्रिशूली माध्यामिक विद्यालय त्रिशूलीकोे खेलमैदानमा सञ्चालन भइरहेको उक्त दश दिने महोत्सवमा धार्मिक सांस्कृतिक, ऐतिहासिक सम्पदाको चिनारी एवं सीप, कला, कौशल र उद्यमशीलतासमेत समावेश हुने आयोजक त्रिशूली युथ स्पोर्टस क्लबले जनाएको छ । 

महोत्सवमार्फत लोपोन्मुख कला, लोकसंस्कृति र परम्परालाई जीवन्त, संरक्षण र संवद्र्धन गर्नुका साथै जिल्लामा उत्पादित कृषि एवं स्थानीय उपजको बजार मूल्यका साथ जिल्लाको समग्र व्यापारमा सघाउ पुर्याउने लक्ष्य राखिएको महोत्सव आयोजक समितिका संयोजक शिव खड्गले जानकारी दिनुभयो । 

महोत्सवमा प्राकृतिक, धार्मिक सांस्कृतिक र ऐतिहासिक सम्पदा एवं धरोहरको आन्तरिक र बाह्य बजारमा प्रचारप्रसार गरी जिल्लाको विकासका साथै जनताको जीवनस्तरमा सुधार गर्न टेवा पुर्याउने सामग्री बिक्री एवं प्रदर्शनीमा राखिएको छ । 

महोत्सवमा दशैँ पर्वलाई चाहिने चामल, चिउरा, मसला लगायतका खाद्यान्न सामग्री, खसी, बोका, ट्राउट लगायतको माछा, लत्ताकपडा, भन्सामा प्रयोग हुने भाडा लगायतको सामानमा छुट सहितको शुल्कमा उपलब्ध गराइएको छ । 

यस्तै, विद्युतीय सामग्री, मनोरञ्जन गतिविधि, पिङ, धार्मिकस्थलको भ्रमण लगायतको बन्दोबस्ती समेत मिलाइएको छ । महोत्सवमा ‘नुनदेखि सुनसम्म’ र ‘जिरादेखि हिरासम्म’ एकै स्थानमा पाइने नारासहित दैनिक उपभोग्य सामग्री् र सबै उपलब्ध रहेको आयोजकले दाबी गरेको छ । 

महोत्सवमा १६० स्टल राखिएको छ भने ५० हजार दर्शकले मेला अवलोकन गर्ने लक्ष्य लिइएको छ । कृषि उब्जनी, हस्तकलाका सामग्री लगायतका लागि निःशुल्क स्टलको समेत व्यवस्था मिलाइएको महोत्सव आयोजक समितिका सचिव बुद्धिलाल नगरकोटीले जानकारी दिनुभयो ।

सो अवसरमा सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको मेलाले सर्वसाधारणलाई पर्वका लागि सामग्री खरिदमा सहज एवं ठगिनबाट रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

“महोत्सवले उपभोक्तालाई एकै स्थानबाट अनेक सामग्री उपलब्ध गराउन सहयोग पुग्छ”, उहाँले भन्नुभयो, “स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्न महोत्सवले प्रभावकारी बनाउँछ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य